वैदेशिक शैक्षिक संस्था मार्फत खुला विद्यालय पद्धतीबाट उपाधि प्राप्त गरि समकक्षता लिएका विध्यार्थीहरुको कक्षा ११ को वार्षिक परीक्षाको समय तालिका

30 June 2016 EducationSansar Notices

उच्च माध्यमिक शिक्षा परिषद, परिक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा वैदेशिक शैक्षिक संस्था मार्फत खुला विद्यालय पद्धतीबाट उपाधि प्राप्त गरि उच्च माध्यमिक शिक्षा परिषदबाट सम्बन्धन प्राप्त उच्च माध्यमिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको कक्षा ११ को वार्षिक परीक्षा निम्नलिखित कार्यक्रमअनुसार संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

परिक्षा समय: बिहान ७:०० बजेदेखि १०:०० बजेसम्म

मिति विषय विषय कोड नं.
2073/03/29 Com. English 002
2073/03/30 Com.Nepali 003
2073/03/31 Computer Science 130
2073/03/31 Opt. Nepali 132
2073/03/31 Rural Development 302
2073/04/02 Optional English 120
2073/04/02 Principles of Accounting - I 124
2073/04/02 Culture 166
2073/04/02 Travel & Tourism 174
2073/04/03 Economics 126
2073/04/03 Population Studies 146
2073/04/03 Mass Communication 162
2073/04/04 Hotel Management 170
2073/04/04 Sociology 172
2073/04/05 Health & Physical Education 144
2073/04/05 Business Studies 328

द्रष्टव्य :

क) तोकिएको परिक्षा कार्यक्रम अनुसार परिक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुन: अर्को व्यवस्था गरिने छैन ।

ख) कुनै आकस्मिक बिदा पर्न गएमा समेत परिषद्को पूर्व सूचना विना परिक्षा स्थगित गरिने छैन ।

ग) परीक्षाको लागि चाहिने ग्राफ पपेर, चार्ट जस्ता सामाग्रीहरु परीक्षार्थी स्वोयंले ल्याउनुपर्नेछ ।

घ) प्रयोगात्मक परीक्षाको हकमा २०७३ असार २६ गतेभित्र सम्पन्न गरी विद्यार्थीको नाम र राजिष्ट्रेशन नं. अनुसार प्राप्तांग चढाई २०७३ असार मसान्तभित्र परिषद्को सम्बन्धित जिल्लास्थित कार्यालयमा बुझाउनुपर्नेछ । अन्य कार्यविधि प्रयोगात्मक परिक्षा निदेशिका अनुसार गराउनुपर्नेछ।

ङ) उपरोक्त परीक्षाको परिक्षा केन्द्र एस.ओ.एस. हरमन माइनर उ.मा.वि. सानोठिमी, भक्तपुरमा कायम गरिएको व्यहोरा सम्पूर्ण परीक्षार्थी तथा सरोकारवालाहरुमा जानकारीका लागि अनुरोध गरिन्छ।

च) परिक्षामा मोबाइल फोन तथा आधुनिक स्मार्ट घडी लैजान निषेध गरिएको छ।

परिक्षा नियन्त्रक

More Notices