HSEB को शैक्षिक सत्र २०७३ / २०७४ को शैक्षिक कार्यतालिका

22 June 2016 EducationSansar Notices

उच्च माध्यमिक शिक्षा परिषदको शैक्षिक सत्र २०७३ / २०७४ देखि उच्च माध्यमिक तहको सबै विषयसमूह तर्फको विद्यार्थी भर्ना तथा कक्षा संचालन निम्नअनुसार गर्नु गराउनुहुन सम्पूर्ण सम्बन्धन प्राप्त उच्च माध्यमिक विद्यालय / क्याम्पसहरुलाई जानकारी गराइन्छ ।

विधार्थी भर्ना:

कक्षा १२ को २०७३ श्रावन १ गते भित्र र कक्षा ११ को २०७३ श्रावन १५ गते भित्र

कक्षा संचालन:

कक्षा १२ को २०७३ श्रावन २ गते देखि र कक्षा ११ को २०७३ श्रावन १६ गते देखि

रजिस्ट्रेशन आवेदन फाराम भर्ने (विलम्ब शुल्क रहित):

२०७३ भाद्र मसान्त भित्र कक्षा ११ मा नयां भर्ना हुने विद्यार्थीहरुले रजिस्ट्रेशन आवेदन फारम भरिसक्नुपर्नेछ। (उच्च मा.वि. / क्याम्पसहरुको बैंक ड्राफ्ट भाद्र मसान्त भित्र बनाएको हुनुपर्ने) रजिस्ट्रेशन आवेदन फारम ७ दिन भित्र परिषदको जिल्ला स्थित कार्यालयमा पठाईसक्नुपर्नेछ । शैक्षिक पूर्वाधार तथा स्तरवृद्धि कोषका लागि सामुदायिक उ.मा.वि. बाट प्रति विधार्थी रु. १००/- निजी उ.मा.वि. बाट प्रति विधार्थी रु. २००/- का दरले थप रकम संकलन गरी रजिस्ट्रेशन शुल्क वापतको रकम परिषदको जिल्ला स्थित कार्यालयमा बुझाउँदा एकमुस्ट अनिवार्य रुपमा संगै बुझाउनुपर्ने छ ।

रजिस्ट्रेशन आवेदन फाराम भर्ने (विलम्ब शुल्क सहित):

विलम्ब शुल्क (दोब्बर दस्तुर) सहित रजिस्ट्रेशन आवेदन फारम भर्ने अन्तिम म्याद २०७३ असोज १५ गते सम्म हुनेछ । (उच्च मा.वि. / क्याम्पसहरुले बैंक ड्राफ्ट असोज १५ गते भित्र बनाएको हुनुपर्ने र रजिस्ट्रेशन आवेदन फारम ७ (सात) दिन भित्र परिषदको जिल्ला स्थित कार्यालयमा पठाईसक्नुपर्नेछ ।

परीक्षा आवेदन फारम भर्ने तथा बुझाउने (विलम्ब शुल्क रहित):

२०७३ माघ १ गते देखि माघ मसान्त भित्र सम्बन्धित उच्च मा.वि. / क्याम्पसहरुले विलम्ब शुल्क रहित कक्षा ११ र १२ का नियमित तथा आंशिक परीक्षार्थीको परीक्षा आवेदन फारम भराउने तथा उक्त फारमहरू ७ (सात) दिन भित्र अनिवार्य रुपमा परिषदको जिल्ला स्थित कार्यालयमा बुझाइसक्नुपर्ने छ । (बैंक भौचर वा ड्राफ्ट २०७३ माघ मसान्त भित्रको हुनुपर्नेछ ।)

परीक्षा आवेदन फारम भर्ने तथा बुझाउने (विलम्ब शुल्क सहित):

२०७३ फागुन १ गते देखि १५ गते सम्म सम्बन्धित उच्च मा.वि. / क्याम्पसहरुले विलम्ब शुल्क (दोब्बर दस्तुर) सहित परीक्षार्थीको परीक्षा आवेदन फारम भराउने तथा उक्त फारमहरू ७ (सात) दिन भित्र अनिवार्य रुपमा परिषदको जिल्ला स्थित कार्यालयमा बुझाइसक्नुपर्ने छ । (बैंक भौचर वा ड्राफ्ट २०७३ फागुन १५ गते भित्रको हुनुपर्नेछ ।)

प्रयोगात्मक परीक्षा:

परिषदबाट वाह्या परीक्षक खटाइने विषयहरुको प्रयोगात्मक परीक्षाको समय तालिका सम्बन्धित उच्च मा.वि. हरुले तय २०७३ फाल्गुन ३० गते भित्र परिषदका सम्बन्धित जिल्ला स्थित कार्यालय मा पेश गर्नुपर्नेछ । कक्षा १२ को २०७३ चैत्र मसान्त भित्र र कक्षा ११ को २०७४ वैशाख १५ गते भित्र प्रयोगात्मक विषयहरुको प्रयोगात्मक परीक्षा सम्बन्धित उच्च मा.वि / क्याम्पसहरुले संचालन गरी / गराई परीक्षार्थीको नाम र रजिस्ट्रेशन नम्बर अनुसार प्राप्तांक परिषद्को जिल्लास्थित कार्यालयमा बुझाउनुपर्नेछ । परिषदबाट वाह्या परीक्षक नखटाइने विषयहरुको हकमा सम्बन्धित विद्यालय २०७३ चैत्र मसान्त भित्र प्रयोगात्मक परीक्षा संचालन गरि सोको प्राप्तांक परिषदको जिल्ला स्थित कार्यालयमा बुझाउनुपर्नेछ ।

परीक्षा संचालन:

कक्षा १२ को २०७४ वैशाख महिनाको दोस्रो हप्ता र कक्षा ११ को २०७४ वैशाख महिनाको अन्तिम हप्ता

नतिजा प्रकाशन:

कक्षा १२ को २०७४ श्रावन मसान्त भित्र र कक्षा ११ को २०७४ कार्तिक मसान्त भित्र

अन्य सम्पूर्ण जानकारी उच्च माध्यमिक शिक्षा परिषदको शैक्षिक कार्यतालिका सहितको शैक्षिक क्यालेन्डर २०७३ / २०७४ मा हेर्नुहुन अनुरोध गरिन्छ ।

परीक्षा नियन्त्रक

More Notices