परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा २०७२ सालको प्राविधिकधारतर्फको एस.एल.सी पुरक परीक्षा सम्बन्धी सूचना

26 June 2016 EducationSansar Notices

२०७२ सालको प्राविधिकधारतर्फ नियमित तथा एक्जेम्टेड समुहबाट परीक्षामा सम्मिलित भई सैद्वान्तिकतर्फ बढीमा २ (दुई) बिषयसम्म D र E ग्रेड प्राप्त गरेका परीक्षार्थीहरुका लागि माध्यमिक शिक्षा उतीर्ण परीक्षा समितिको २०७३/३/८ को बैठकको निर्णयानुसार पुरक परीक्षा २०७३ साल साउन १४ गते शुक्रबारबाट संचालन हुने भएकोले उक्त परीक्षामा सम्मिलित हुनका लागि २०७२ सालको एसएलसी मूल परीक्षाको नियमित तथा एक्जेम्टेड समूहबाटै उपलब्ध गराइएको प्रवेशपत्रको आधारमा निम्न प्रक्रिया पुरा गरि सम्बन्धित विद्यालयमार्फत जिल्ला शिक्षा कार्यालय २०७३ साल साउन ९ गते भित्र तोकिएको ढाचामा फोटो समेत टासी आवेदन/निवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। जिल्ला शिक्षा कार्यालयहरुको यसै सूचनालाई आधारमानी आवश्यक व्यवस्था मिलाउनु हुन समेत अनुरोध छ।

१. आवेदन दस्तूर प्रति परीक्षार्थी रु ५००।- (पाच सय) का दरले राजस्व खाता १४२२३ मा दाखिल गर्नुपर्नेछ। विलम्ब दस्तूर तिरी आवेदन दिने व्यवस्था गरिएको छैन।

२. निवेदनको ढाँचा परीक्षा नियन्त्रण कार्यालयको website: www.soce.gov.np बाट सम्बन्धित परीक्षार्थीले डाउनलोड गरि प्राप्त गर्न सकिनेछ।

3. आवेदन फारमसाथ निम्न कगजातहरु संलग्न गर्नु पर्ने छ :

     (क) एसएलसी परीक्षा २०७२ को ग्रेड सिट लेजरको प्रतिलिपि ,

     (ख) एसएलसी परीक्षा २०७२ मा सामेल हुँदाको प्रवेशपत्रका प्रमाणित प्रतिलिपि,

     (ग) तोकिएको दस्तूर बुझाएको बैंक भौचर वा सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा राजस्व बुझाएको नगदी रसिद

४. प्रवेशपत्रको व्यवस्था : एसएलसी परीक्षा २०७२ को प्रवेशपत्र नै पुरक परीक्षाको लागि प्रवेशपत्र कायम   गरिएको हुँदा सोहि प्रवेशपत्रमा उल्लेखित सिम्बोल नम्बरबाट परीक्षा दिनुपर्नेछ

५. प्रवेशपत्र हराएमा सम्बन्धित बिद्यालयका प्रधानाध्यापक परीक्षार्थीहरुको फोटो प्रमाणित गरि जिल्ला शिक्षा कार्यालयमा सिफारिस गर्ने र जि.शि.का. ले रु ५०- को राजस्व शुल्क लिई पुरक परीक्षामा सामेल हुने प्रयोजनका लागि प्रतिलिपि प्रवेश पत्र उपलब्ध गराउने व्यवस्था जिशिकाले गर्ने छ।

६. जिल्ला शिक्षा कार्यालयहरुले पुरक परीक्षामा सामेल हुन आवेदन फारम भर्ने परीक्षार्थीहरुको विवरण विद्यालयगत रुपमा बिषय समेत खुल्ने गरि पुरक परीक्षा संचालन हुनु भन्दा पहिले प.नि.का.मा आइपुग्ने गरि पठाउनु पर्नेछ।

More Notices