CTEVT द्वारा प्रा.एस.एल.सी. तहको मौका परिक्षा फारम तथा मिति शंसोधन गरिएको बारे अत्यन्त जरुरी सूचना

22 June 2016 EducationSansar Notices

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परीषद्, प.नि.का. बाट मिति २०७३ साल जेष्ठ १९ गते प्रकाशित सूचना अनुसार २०७२ सालमा विभिन्न कार्यक्रम अन्तर्गत लिइएको परिक्षामा नियमित तर्फबाट सम्मिलित भइ सैद्वान्तिक तथा प्रयोगात्मक तर्फ एक विषय मात्र अनुतिर्ण भएका प्रशिक्षार्थीहरुलाई परिक्षा आवेदन फारम भर्ने समय तथा परिक्षा संचालन तपशिल बमोजिन हुने गरि संसोधन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको ।

फारम भर्ने समय : २०७३ साल असार १५ गते सम्म ।

परिक्षा संचालन हुने मिति : २०७३ साल असार २५ गते ।

समय : दिउसो २ बजे ।

परिक्षा केन्द्र : पूर्व प्रकाशित सूचना बमोजिन हुनेछ ।

More Notices