एसएलसी परीक्षा २०७२ को प्राविधिकधारतर्फको परीक्षाफल पुनर्योग गराउन चाहनेले पुनर्योगका लागि निवेदन दिने सम्बन्धी सूचना

26 June 2016 EducationSansar Notices

एसएलसी परीक्षा २०७२ को प्राविधिकधारतर्फको नतिजा प्रकाशन हुँदा उक्त नतिजामा प्राप्त गरेको बिषयगत ग्रेड उपर चित्त नबुझी पुनर्योग गराउन चाहने परीक्षार्थीहरुले मिति २०७३ साल असार २३ गतेसम्म सम्बन्धित जिल्ला शिक्षा कार्यालय वा क्षेत्रिय शिक्षा निर्देशनालय वा सोझै परीक्षा नियन्त्रण कार्यालयमा प्रति बिषय रु. ५००- का दरले राजस्व शुल्क बुझाई निवेदन दिनु हुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको हो। पुनर्योगका लागि सम्बन्धित परीक्षार्थीले परिक्षामा सम्मिलित हुँदाको प्रवेश पत्रको प्रतिलिपि र वेभसाइटबाट डाउनलोड गरेको ग्रेड सिटको प्रति संलग्न राखी पुनर्योग गराउन चाहेको बिषय र प्राप्त भएको ग्रेड खुलाई निवेदन दिनु पर्नेछ। तोकिएको म्यादभन्दा पछाडी निवेदन गरेमा सो उपर कुनै कारबाही नहुने व्यहोरा समेत यसै सूचनाबाट जानकारी गराइनछ।

More Notices