CTEVT अन्तर्गत संचालित डिप्लोमा तथा प्रमाणपत्र तहको भर्नाको लागि पुर्व निर्धारित योग्यतामा परिवर्तन

08 July 2016 EducationSansar Notices

मिति २०७३/०३/२४ गते बसेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परीषद् पाठ्यक्रम समितिको बैठकले परीषद् अन्तर्गत संचालित डिप्लोमा तथा प्रमाणपत्र तहको भर्नाको लागि पुर्व निर्धारित योग्यतामा निम्न अनुसार परिवर्तन गरिएको व्यहोरा सम्बन्धित बिद्यार्थी, अभिभावक र संस्था संचालक एवं सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

कार्यक्रम पुर्व निर्धारित न्युनतम योग्यता परिमार्जित न्युनतम योग्यता
प्रविणता प्रमाणपत्र तथा डिप्लोमा तहका स्वास्थ्य तर्फका सम्पूर्ण कार्यक्रमको लागि अंग्रेजी, गणित र बिज्ञान बिषयमा न्यूनतम C ग्रेड र GPA २ अंक प्राप्त गरेको कुनै पनि परिवर्तन नभएको
डिप्लोमा इन्जिनियरिङ्ग तर्फका सम्पूर्ण कार्यक्रमको लागि अंग्रेजी, गणित र बिज्ञान बिषयमा न्यूनतम C ग्रेड बिज्ञान र गणितमा न्यूनतम C ग्रेड र अंग्रेजीमा न्यूनतम D+ ग्रेड
डिप्लोमा तहका कृषि, फुड/डेरी टेक्नोलोजी र फरेष्ट्रि कार्यक्रमहरुको लागि अंग्रेजी, गणित र बिज्ञान बिषयमा न्यूनतम C ग्रेड अंग्रेजी, गणित र बिज्ञान मध्ये कुनै २ वटा बिषयमा न्यूनतम C र कुनै एक बिषयमा न्यूनतम D+ ग्रेड
डिप्लोमा इन होटल मेनेजमेन्ट, उद्यमशीलता विकास (Enterpreneurship Development) र सोसल वर्कको लागि अंग्रेजी, गणित र बिज्ञान बिषयमा न्यूनतम C ग्रेड अंग्रेजी, बिज्ञान र गणितमा न्यूनतम D+ ग्रेड
TSLC तहका सम्पूर्ण कार्यक्रमहरुको लागि SLC मा जुनसुकै ग्रेड प्राप्त गरेको कुनै पनि परिवर्तन नभएको

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परीषद्
पाठ्यक्रम विकास महाशाखा

More Notices