CTEVT को शैक्षिक शत्र २०७३/७४ को वार्ग्रिकित छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सम्बन्धी सूचना

10 August 2016 EducationSansar Notices

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपूरद्वारा शैक्षिक शत्र २०७३/०७४ को डिप्लोमा तथा प्रमाणपत्र तहको विभिन्न शैक्षिक कार्यक्रममा वर्गीकृत (निःशूल्क) छात्रवृत्तिमा भर्नाका लागि मिति २०७३/०४/०८ गते लिईएको प्रवेश परीक्षाको नतिजा मिति २०७३/०४/२५ गतेको वर्गीकृत (निःशूल्क) छात्रवृत्ति नतिजा प्रकाशन टोलीको निर्णयनूसार प्रकाशित गरिएको हुदा सम्वन्धित सवैलाई यसै सुचनाद्वारा जानकारी गराइन्छ ।

साथै नतिजाको सम्पूर्ण विवरण परिषद्को वेबसाइट www.ctevt.org.np मा राखिएको छ ।

सबै कार्यक्रमहरुका लागि मूख्य उमेदवार रुपमा सिफारिस भएका परीक्षार्थीहरुलाई अध्ययन गर्ने शिक्षण संस्था प्राथमिकीकारण (रोज्न) गर्ने सम्बन्धी सुचना मिति २०७३/०४/२८ गतेको गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित गरिने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।

More Notices