CTEVT द्वारा शैक्षिक शत्र २०७३/२०७४ को पूर्ण शुल्किय प्रवेश परिक्षा को नतिजा प्रकाशन एवं भर्ना सम्बन्धी सूचना

10 August 2016 EducationSansar Notices

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद, परीक्षा नियन्त्रण कार्यालय, सनोठिमी, भक्तपुर द्वारा शैक्षिक शत्र २०७३/७४ को डिप्लोमा तथा प्रमाणपत्र तहको बिभिन्न शैक्षिक कार्यक्रमका पूर्ण शुल्किय भर्नाका लागि मिति २०७३/४/१२ गते लिएको प्रवेश परिक्षामा सामेल भएका सबै शैक्षिक कार्यक्रमका शिक्षण संस्थाको परिक्षर्थिहरुको नतिजा प्रकाशित गरिएको हुदा सम्बन्धित सबैको जानकारीका लागी यो सूचना प्रकाशित गरोएको छ । नतिजाको सम्पूर्ण विवरण परीषदको वेबसाइट www.ctevt.org मा प्रकाशित गरिएको छ । भर्नाका लागि सिफारिस गरिएका परीक्षार्थीहरुले नतिजा प्रकाशन भएको १५ दिन भित्र र सो दिन बिदा पर्न गएमा सो को भोलिपल्ट आफुलाई भर्नाका लागि सिफारिस गरिएको शिक्षण संस्थामा आफ्नो शैक्षिक योग्यता तथा आवश्यक कागजातहरुको सक्कली प्रति लिई भर्ना हुन जानु हुन सम्बन्धित सबै परीक्षार्थीहरुलाई सुचित गरिन्छ । तोकिएको मिति भित्र भर्ना हुन नगई रिक्त रहन आउने सिटमा परीषद, परीक्षा नियन्त्रण कार्यालयबाट जारी गरिएको डिप्लोमा तथा प्रमाण पत्र तहको प्रवेश परीक्षा संचालन, छात्रवृत्ति वितरण एवं भर्ना सम्बन्धी सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

उल्लेखित भर्ना सम्बन्धी निर्देशिका २०७३ बमोजिम प्रवेश परीक्षामा सामेल हुने परीक्षार्थीहरुको शैक्षिक कार्यक्रम अनुसारको शैक्षिक योग्यता तथा आवश्यक कागजातहरु रुजु गरि आवेदन फारम स्वीकृत गर्ने सम्पूर्ण जिम्मेवारी सम्बन्धित शिक्षण संस्थाका प्राचार्यको हुने हुदा यस सूचनाद्वारा प्रकाशित नतिजामा सिफारिस भएका परिक्षर्थिहरुको सक्कल शैक्षिक योग्यता र आवश्यक कागजातहरु उल्लेखित निर्देशिकामा तोकिएको शैक्षिक योग्यता अनुरुप भए नभएको रुजु गरि योग्यता पुगेका परीक्षार्थीहरुलाई मात्र भर्ना गराउन हुन सुचित गरिन्छ तोकिएको शैक्षिक योग्यता नपुगेका परिक्षार्थीहरु भर्ना गरेमा उक्त परीक्षार्थीहरुको परीषद रेजिसट्रेशन नहुने र सो बाट हुन जाने हजनको क्षतिपुर्तीको भागदार सम्बन्धित शिक्षण संस्था नै हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

More Notices