पुर्वान्चल विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय एवं चिकित्साशास्त्र स्नातक तहको प्रवेश परीक्षाको आवेदन फारम भर्ने सम्बन्धी सूचना

27 July 2016 EducationSansar Notices

पुर्वान्चल विश्वोविद्यालय, विज्ञान तथा प्रविधि संकाय अन्तर्गत आंगिक एवं सम्बन्धन प्राप्त क्याम्पस/कलेजहरुमा संचालित स्नातक तहका BE (Civil), BE (Arch.), BE (Computer), BE (Electronics and Communication), BE (Electrical), BE . (Biomedical), BE (Geomatic), B.Sc Honours Ag., B. V. Sc. & AH, B. Sc. Biochemistry, BCA एवं BIT शैक्षिक कार्यक्रमहरुमा तथा पुर्वान्चल विश्वोविद्यालय, चिकित्साशास्त्र  संकाय अन्तर्गत आंगिक एवम सम्बन्धन प्राप्त क्याम्पस/कलेजहरुमा संचालित स्नातक तहका Post Basic Bachelor in Nursing (PBBN), Bachelor of Science in Nursing (BSN), Bachelor in Public Health (BPH)/ Bachelor in Pharmacy (B. Pharma) शैक्षिक कार्यक्रमहरुमा नयाँ विधार्थी भर्नका लागि २०७३ भाद्र महिनामा प्रवेश परीक्षा संचालन गरिने भएकाले उल्लेखित शैक्षिक कार्यक्रमहरुमा शैक्षिक सत्र २०७३/०७४ का लागि आंगिक एवं सम्बन्धन प्राप्त क्याम्पस/कलेजहरुमा आवेदन फारम खुल्ला गरिएकाले भर्ना हुन चाहने इच्छुक आवेदक परीक्षार्थीहरुले सम्बन्धित शैक्षिक संस्थाहरुमा आवेदन फारम भरी बुझाउन सम्बन्धित सबैका लागि जानकारी गराईन्छ ।

तपशिल:

१. प्रवेश परीक्षा शुल्क:

स्नातक शैक्षिक कार्यक्रमहरुका लागि: रु. १,५००। (एक हजार पाच सय मात्र)

२. प्रवेश परीक्षा फारम भर्ने / भराउने अन्तिम म्याद:

क) इच्छुक आवेदक परीक्षार्थीले भर्ना हुन चाहेको क्यामपस/कलेजमा विज्ञान तथा प्रविधि संकयाकालागी मिति २०७३/५/१० गते शुक्रबार साँझ ५ बजे सम्ममा तोकिएको शुल्क एवं आवश्यक कागजातहरु समावेश गरि निर्धारित आवेदन फारम भरि बुझाई सक्नु पर्ने छ । दोब्बर दस्तूर बुझाई विज्ञान प्रविधि संकाय अन्तर्गतका कार्यक्रमका लागि मिति २०७३/५/२२ गते साँझ ५ बजे सम्म आवेदन फारम बुझाउन सकिनेछ ।

ख) सम्बन्धित क्याम्पस / कलेजहरुमा भर्ना हुन चाहेका आवदित परीक्षार्थीहरुले क्याम्पस / कलेजमा बुझाएको आवेदन फारम, आवेदन फारमसंगै सम्बन्धित परीक्षार्थीहरुले बुझाएका आवश्यक शैक्षिक प्रमाणपत्र वा अन्य कागजातहरु क्याम्पस / कलेजबाटै प्रमाणित गरि सो को प्रमाणित फोटोकपी, आवेदकहरुको नामावली विबरण (पेन ड्राईभ वा सिडीमा समेत राखी) र नियमानुसारको शुल्क रकम नविल बैंकस्थित विश्वोविद्यालयको खाता न. ०७०६०१०३१०८०२ मा जम्मा गरि सो को सक्कल बैंक भौचर लगायत क्याम्पस / कलेजको आधिकारिक पत्र सहित विज्ञान तथा प्रविधि संकाय डीन कार्यालय, पू. वि.,बिराटनगर वा पू.वि, काठमाडौँ सम्पर्क कार्यालय, सिनामंगल, काठमाडौँमा अनिवार्य बुझाईसक्नु पर्ने छ ।

ग) रित नपुगी आएका आवेदन फारम वा आवश्यक कागजात नपुगी आएका परिक्षर्थिहरुको परीक्षा रद्द भएमा सोको जिम्मेवार सम्बन्धित परीक्षार्थी वा क्याम्पस / कलेज नै हुनेछ ।

३. आरक्षित छात्रवृत्ति र सो सम्बन्धी व्यवस्था:

पू.वि., छात्रवृत्ति सम्बन्धी व्यवस्था - २०६८ बमोजिम विश्वोविद्यालय बाट १०% (५% जेहेन्दार र ५% आरक्षित) छात्रवृत्ति प्रधान गर्ने व्यवस्था रहेको । आरक्षित छात्रवृत्तिको लागि निम्न अनुसारको व्यवस्था गर्नु पर्ने छ -

क) प्रत्येक क्याम्पस / कलेजले प्रवेश परीक्षाको आवेदन फारम वितरण संगै क्याम्पसमा एउटा छुट्टै छात्रवृत्ति सेल खडा गरि / गराई सो मार्फत इच्छुक आवेदक परिक्षार्थीहरुलाई छात्रवृत्तिको छुट्टै आवेदन फारम वितरण गर्ने वा संकलन गर्ने कार्य गर्नु पर्ने छ ।

ख) चात्रव्रित्तिका लागि आवेदन गर्न इच्छुक आवेदक परीक्षार्थीहरुले भर्ना हुन चाहेका क्याम्पस / कलेजमा तोकिएको शुल्क सहित छात्रवृतिका लागि निर्धारित छुट्टै रंग (निलो) को आवेदन फारम भरि सोका लागि आवश्यक सम्पूर्ण प्रमाणपत्र, सिफारिस एवं अन्य आवश्यक कागजातहरुको सक्कलीप्रति संकलन राखी आवेदन फारम भरि बुझाउनु पर्नेछ ।

ग) सम्बन्धित क्याम्पस / कलेजले छात्रवृत्तिका लागि नियमानुसार आवेदन बुझाएका आवेदित परिक्षर्थिहरुको छुट्टै विवरण, आवेदन फारम, आवेदन फारम संगै सम्बंध्ती परीक्षार्थीहरुले बुझाएका आवश्य शैक्षिक प्रमाणपत्र वा अन्य कागजातहरुको सक्कल प्रति अध्ययन गरि क्याम्पस / कलेज बाटै प्रमाणित गरि सोको फोटोकपी, नामावली विवरण र नियमानुसारको शुल्क रकम जम्मा गरि सो को सक्कल बैंक भौचर लगायत क्याम्पस / कलेजको अधिकारिक पत्र सहित बुझाउनु पर्ने छ ।

४. प्रवेश परीक्षाको मति, समय र प्रवेश परीक्षा केन्द्र तथा परीक्षा सम्बन्धी जानकारी पछि प्रकाशित गरिने छ ।

५. प्रत्येक शैक्षिक कार्यक्रमका लागि पू. नि. नियमानुसारको शैक्षिक योग्यता निर्धारण गरिएको छ । साथै, प्रवेश परीक्षा सम्बन्धी थप जानकारीका लागि भर्ना हुन चाहेका सम्बन्धित क्याम्पस / कलेजमा सम्पर्क राख्न सम्बन्धित सबैमा सुचित गरिन्छ । यो सम्बन्धी जानकारी www.purbuniv.edu.np मा पनि हेर्न सकिन्छ ।

विज्ञान तथा प्रविधि संकाय

चिकित्साशास्त्र संकाय

More Notices