CTEVT को शैक्षिक शत्र २०७३/२०७४ मा डिप्लोमा तह पूर्ण शुल्क तर्फको प्रवेश परीक्षा हुने मिति पुन:संशोधन गरिएको सूचना

12 July 2016 EducationSansar Notices

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परीषद, परीक्षा नियन्त्रण कार्यालयबाट मिति २०७३/०३/२५ गतेको राष्ट्रिय दैनिक गोर्खापत्र र कान्तिपुरमा प्रकाशित प्रवेश परीक्षाको मिति र समय सम्बन्धित संशोधित सुचना बमोजिन प्रवेश परीक्षा संचालन हुने भनि प्रकाशित भएकोमा प्रमाणपत्र/डिप्लोमा तहको पूर्ण शुल्किय  तर्फको प्रवेश परीक्षा हुने मिति र समय तपसिल बमोजिन हुने गरि पुन:संसोधन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

तपसिल

पूर्ण शुल्क तर्फ आवेदन फारम भर्ने, बुझाउने र प्रवेश परीक्षा मिति र समय संसोधन सम्बन्धी विवरण:

१. फारम बुझाउने अन्तिम मिति  : २०७३ श्रावण ०६ गते सम्म

२. फारम पाइने र बुझाउने स्थान : उल्लेखित शिक्षण संस्थाहरु (आवेदन फारम परिषद्को वेव साइट www.ctevt.org.np) डाउनलोड गरि भर्नु पर्ने

३. प्रवेश परीक्षा हुने मिति           : २०७३ श्रावण १२ गते बुधबार बिहान ७ बजे देखी (परीक्षार्थीको संख्या हेरी २ सिफ्टमा संचालन हुने भएमा पछि सूचना                                                              प्रकाशित गरिने छ)।

४. परीक्षा समय                        : २ घण्टा

५. परीक्षा केन्द्रहरु                    : पछि प्रकाशित गरिनेछ

More Notices