गुराँसको राजधानीमा चैतमा पनि गुराँस फुलेन
सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको सङ्गमस्थल गुराँसको राजधानी तीनजुरेमा अहिलेसम्म लालीगुराँस फुलेको छैन । मौसम परिवर्तनक...
विद्यार्थीलाई समय सान्दर्भिक शिक्षा दिन शिक्षकले पढाउने शैलीमा परिवर्तन ल्याउनैपर्ने सन्देशका साथ सुन्धाराको काठमाडौँ मलस्थित थिएटर मलमा ‘उपियाँको निबन्ध’ नाटक मञ्चन भइरहेको छ ।
पुरानै ढर्राबाट पढाइँदा विद्यार्थीले नयाँ कुरा सिक्न सक्दैनन् । विद्यार्थीमैत्री नयाँ शिक्षा प्रणाली आजको आवश्यकता हो भन्ने मुख्य सन्देशलाई उक्त नाटकले उठान गर्न खोजेको छ ।
केदार श्रेष्ठको लेखन, परिकल्पना र निर्देशन रहेको उक्त नाटक यही असार १० गतेदेखि साउन २ गतेसम्म दैनिक १.३० बजे र ५.३० बजे मञ्चन भइरहेको छ ।
निर्देशक श्रेष्ठले विद्यार्थीलाई पिटेर, सजाय दिएर पढाउन नसकिने भन्दै अब उनीहरु कुन तरिकाले पढ्दा राम्ररी शिक्षा हासिल गर्न सक्छन् त्यही विधि र उपाय लगाएर पढाउनुपर्नेमा यो नाटकले जोड दिएको बताउनुभयो ।
‘जतिसुकै साना भए पनि बालबालिकाको पनि मन हुन्छ, मस्तिष्क हुन्छ अनि आत्मसम्मान पनि हुन्छ, त्यसैले ‘सानालाई माया’ भन्ने पुरातन सोँचबाट बाहिर निस्केर अब ‘सानालाई आदर’ भन्ने भावनाबाट उनीहरुसँग व्यवहार गर्नुपर्छ’, उहाँले भन्नुभयो ।
नाटक विद्यालयको परिवेशमा बालबालिका र शिक्षकबीचको सम्बन्धको कथा समेटिएको छ । परम्परागत शिक्षकको दबाब, आक्रोश र त्रासकाबीच एक बालकले अबोध रुपमा गरेको चतु¥याईँलाई बाल मनोविज्ञानका रुपमा नाटकमा देख्न सकिन्छ ।
नाटकमा अभय बराल, सञ्जिता सञ्जी, प्रकु पाण्डेय, लक्ष्मी बर्देवा, शङ्कर भण्डारी, जीवन भट्टराई, दीपक चन्द, राजेन्द्र भट्ट, जीवय ताम्राकार, विनिता गुरुङ, ऐना देउजा, रोशन सुवेदी र ममता लामिछानेको अभिनय देख्न सकिन्छ।
सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको सङ्गमस्थल गुराँसको राजधानी तीनजुरेमा अहिलेसम्म लालीगुराँस फुलेको छैन । मौसम परिवर्तनक...
The Lumbini Province Government has scheduled the first "Peace Marathon" in Lumbini, the birthplace of Ga...
Waling, March 5: The construction of a solar lifting drinking water project has kicked off at Budhakot area of Shivalaya...