विद्यार्थीलाई सेनाको सहयोग

16 July 2016 Source: RSS News

बाबुआमा गुमाएका द्वन्द्वपीडित तथा बेसाहारा बनेका विद्यार्थीलाई शत्रु भञ्जन गुल्म मेलम्चीले विभिन्न किसिमका स्टेसनरी, खेलकुदका सामग्री तथा बिस्कुट वितरण गरेको छ ।

शुक्रबार एक कार्यक्रमपश्चात् सिन्धुपाल्चोक जिल्ला मेलम्चीमा रहेको शत्रु भञ्जन गुल्मका असार महिनामा जन्ममिति परेका सकल दर्जाका सेना र गुल्मको संयुक्त प्रयासमा मेलम्ची बाल गृहका १६ विद्यार्थीलाई उक्त सामग्री वितरण गरिएको गुल्मका सेनानी श्यामशरण गोतामेले बताउनुभयो ।

नर्सरीदेखि १० कक्षासम्म पढ्ने विद्यार्थीलाई कलम, कापी, कलमलगायतका सामग्री वितरण गरिएको हो । नेपाली सेनाले गरेको सहयोगले बालबालिकासहित बालगृह परिवार निकै खुसी भएको सचिव किरणदीप खड्काले बताउनुभयो ।

More News