उपत्यकामा शिक्षासम्बन्धी समाचारले प्राथमिकता पाए

16 July 2016 Source: RSS News

लु निभाः बाल सरोकार समूहको शिक्षासम्बन्धी एक अध्ययनले नेपाली राष्ट्रिय दैनिकमा काठमाडौँ उपत्यकाका शिक्षासम्बन्धी समाचारले अन्य स्थानको तुलनामा बढी प्राथमिकता पाउने गरेको देखिएको छ ।

समूहले सन् २०१५ जनवरी १ देखि डिसेम्बर ३१ सम्म नेपाली राष्ट्रिय दैनिकमा शिक्षा समाचारसम्बन्धी गरेको सञ्चार अनुगमन प्रतिवेदन–२०१६ अनुसार राष्ट्रिय दैनिकमा काठमाडौँ उपत्यका र मध्यमाञ्चलका शिक्षा समाचारले बढी स्थान पाउने गरेको र अन्य स्थानका समाचारलाई कम प्राथमिकता दिएको पाइएको हो ।

राष्ट्रिय दैनिकमध्ये ‘गोरखापत्र’मा सबैभन्दा बढी शिक्षासम्बन्धी समाचार प्रकाशन हुने गरेको देखियो । यसैगरी दोस्रोमा ‘कान्तिपुर’, ‘हिमालयन टाइम्स’ र ‘नेपाल समाचारपत्र’ र तेस्रोमा अङ्ग्रेजी राष्ट्रिय दैनिक ‘द हिमालयन टाइम्स’ले धेरै शिक्षा समाचार प्रकाशन गरेको थियो ।

समूहका कार्यकारी निर्देशक नरेन्द्र डङ्गोलका अनुसार उक्त सञ्चार अनुगमनमा विद्यालय शिक्षासम्बन्धी समाचारको सर्वेक्षण, प्रवृत्ति विश्लेषण, गहन अध्ययन तथा विज्ञ अन्तर्वार्ताजस्ता विधि अपनाइएको थियो ।

यसबर्ष विद्यालय सुशासन र व्यवस्थापन लगायतका विषयलाई पत्रपत्रिकाले उठाएका थिए । सन् २०१२ र २०१३ मा विद्यालयमा हुने हिंसा, दुव्र्यवहारका विषय प्रमूखरुपमा रहेकामा यस वर्ष विपद् र शिक्षा तथा शिक्षा क्षेत्रका परियोजना प्रमुख विषय थिए ।

प्रतिवेदनअनुसार एक वर्षमा अध्ययन गरिएका १२ राष्ट्रिय दैनिकका २०५७ वटा शिक्षा सम्बन्धि समाचार प्रकाशित भएका थिए, जसमा विद्यालय व्यवस्थापन, विद्यालय शिक्षाका परियोजना र विपत्मा विद्यालय, पहुँच र टिकाउ, विद्यालय सुशासन र विद्यालय शिक्षाका नीतिसम्बन्धि समाचारले महत्वपूर्ण स्थान पाएका थिए ।

More News