उच्च माध्यमिक शिक्षा परीषद खारेज

30 June 2016 EducationSansar News

काठमाडौँ (कास) - रास्ट्रपति विधादेवी भण्डारीले बुधबार शिक्षा एन आठौ संसोधन प्रमाणीकरण गरेलगतै उच्च माध्यमिक शिक्षा परीषद खारेज भएको छ ।

परीषदले गर्दै आएको कक्षा ११ र १२ को परीक्षासम्बन्धी काम राष्ट्रिय परीक्षा बोर्डमार्फत हुनेछ । त्यस्तै सम्बन्धको काम शिक्षा विभाग र पाठयक्रमसम्बन्धी जिम्मेवारी पाठयक्रम विकास केन्द्रमा सरेको छ । परीषदमा कार्यारत कर्मचारी अब बोर्डमा आउनेछन ।

"प्रमाणीकरण भएको पत्र आएपछि बिहिबार बोर्ड गठन प्रक्रिया अघि वढाउछौ," शिक्षामन्त्रि गिरिराजमणि पोखरेल भने, "बोर्डमा तत्काल अदक्ष नियुक्त नभए पनि शिक्षा सचिव उपादक्ष हुनेप्रावधान छ । काम रोकिदैन ।" अदक्ष छनोट प्रक्रिया पनि चाडै अघि बाढाइने उनले बताए ।

लोक सेवा आयोगको अदक्षको अद्क्षयतामा ख्याती प्राप्त शिक्षाविदहरु बाट कम्तिमा एक महिला सहित मन्त्रालयले मनोनयन गरेका दुइ सदस्य रहने समितिले बोर्डको अद्क्षमा सिफारिस गर्न सक्छ । यस्ता व्यक्ति कम्तिमा स्नाकोत्तर उपाधि हासिल गरेको र शिक्षा तथा परीक्षा सम्बन्धी क्षेत्रमा कम्तिमा बार्ह वर्षको अनुभव भएको हुनुपर्नेछ प्रावधान छ ।

सिफारिस समिति चाडै गठन गरिने मन्त्रि पोखरेलले बताए । एन संसोधन भएपछि अब अस्थाई १७ हजार शिक्षकले स्थाईका लागि प्रतिस्परधा गर्ने वा सुविधा लिएर बाहिरिनेमध्ये एउटा विकल्प रोज्नुपर्नछ हुन्छ ।

विद्यालय शिक्षा अब १२ कक्षासम्म भएको छ । शिक्षकहरु अब राजनीतिक दलले कार्यसमितिमा बस्न पाउने छैनन् ।

More News