शिक्षक विष्णुहरि नेपाल विरुद्ध आरोपपत्र दायर

29 June 2016 Source: RSS News

काठमाडौँ, १५ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्द्रोदय प्रावि नवलपरासी दरबन्दी भई हाल काजमा सरस्वती प्राथमिक विद्यालय, शुक्रौलीमा कार्यरत प्रावि द्वितीय शिक्षक विष्णुहरि नेपालले बढुवा प्रयोजनका लागि पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली एवम् झुठा देखिएको भन्दै विशेष अदालतमा आज आरोपपत्र दायर गरेको छ ।

नेपालले विहार इन्टरमिडियत शिक्षा परिषद्अन्तर्गत सन्त कविर कलेज मध्यपुराबाट सन् १९९१ मा आईए तह उतीर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली एवम् झुठा देखिएकाले निजउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिम हदैसम्मको दण्ड जरिवाना माग गर्दै आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

More News