प्राविधिक विषय पढ्न सहज

07 July 2016 Source: Nagarik news News

शिक्षा मन्त्रालयले कक्षा ११ मा बिज्ञान, व्यवस्थापन, मनाविकिका मुख्य बिषय लिएर र प्राविधिक धारतर्फ कक्षा ११ मा भर्ना हुने विद्यार्थीको लागि रुचिको बिषय पढ्ने बाटो सहज गरेको छ।

शिक्षामन्त्रि गिरिराजमणि पोखरेलको अध्यक्षतामा बुधबार मन्त्रालयमा बसेको बैठकले एसएलसीमा अनिवार्य बिषय अंग्रेजी, गणित, बिज्ञान लगायत अन्य बिषय नेपाली, सामाजिक शिक्षा, वातावरण, जनसंख्या तथा स्वास्थ्य लगायत सी ग्रेड अनिवार्य ल्याउनैपर्ने बिषयलाई डी प्लस ग्रेडमा राखेको छ।

मन्त्रालयले यसअघि साधारण प्लस टुतर्फ पनि अंग्रेजीको आधार सी अर्थात् (४०-५०प्रतिशत) गर्दा यो वर्ष बिज्ञान, व्यवस्थापन र प्राविधिक बिषय पढ्नबाट डेढ लाख बिधार्थी बन्चित भएको समाचार नागरिक दैनिकमा प्रकाशित भएपछि मन्त्रिस्तरिय निर्णयबाट बुधबार बिधार्थीको हकमा निर्णय गरेको शिक्षामन्त्रि पोखरेलले बताए।

'समग्रमा उच्च ग्रेड ल्याएका विधार्थीलाई रुचिका बिषय पढ्न अंग्रेजी बिषय बाधक बनेको थियो,' मन्त्रीले पोखरेलले नागरिकसँग भने, मंगलबार नागरिकमा समाचार आएपछि हाम्रो ध्यानाकर्षण भयो ।' उनका अनुसार बुधबारनै प्राविधिक शिक्षा र साधारण शिक्षाका कलेज संचालक, शिक्षक, विज्ञसँग छलफल गरि मन्त्रिस्तरीय निर्णयबाट सी ग्रेड अनिवार्य भएका बिषयलाई सारेर डी प्लस ग्रेडमा राखिएको हो।

परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यस वर्ष एसएलसी नतिजा ग्रेडिङ्मा निकालेसंगै उच्च माध्यमिक शिक्षा परिषदले विज्ञान र व्यवस्थापन बिषय पढ्न अंग्रेजीमा सो ग्रेडको अनिवार्यता कायम गरेको थियो। यता, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परीषद (सीटिइविटि) ले पनि भर्नाको आधार तिन वर्षे ईन्जिनियरिङ् र स्वास्थमा अध्ययन गर्ने विज्ञान, गणित र अंग्रेजीमा सी ग्रेस अनिवार्य लेरउनुपर्ने आधार तोकेको छ।

प्राविधिक शिक्षा र साधारण प्लस टुतर्फ पनि अंग्रेजी बिषयमा सी (४०-५० प्रतिशत) ल्याएको हुनु पर्ने अड्कोले डी प्लस ल्याएका १ लाख ४२ हजार ७ सय ५ विद्यार्थी यस वर्ष विज्ञान, व्यवस्थापन र प्राविधिक बिषय पढ्नबाट बन्चित भएका थिए।

दुइ बिषयमा बढीमा डी र ई वा ईई र डीडी ल्याउनेको हकमा ग्रेड बृदि गर्ने मौका परीक्षा दिन पाइन्छ। तर एउटा बिषयमा डी प्लस ल्याउने विद्यार्थीका लागि ग्रेड बृदिको अवसर पनि दिइदैन।डी प्लस लेराउने विद्यार्थी विज्ञानमा १ लाख ६५ हजार ५ सय सोर र गणितमा ७३ हजार र १ सय २५ छन्।

More News