गुराँसको राजधानीमा चैतमा पनि गुराँस फुलेन
सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको सङ्गमस्थल गुराँसको राजधानी तीनजुरेमा अहिलेसम्म लालीगुराँस फुलेको छैन । मौसम परिवर्तनक...
दरबन्दी अनुसारका पर्याप्त शिक्षक नहंँदा बझाङ जिल्लाका विद्यालयको पठनपाठनमा समस्या हुँदै आएको छ ।
समयमै पाठ्यपुस्तक पाउन नसकेर पठनपाठनको समस्या झेलिरहेका छात्रछात्रा विद्यालयमा आवश्यकता अनुसार शिक्षक नहुँदा पढाइमा बाधा पुग्ने गरेको स्थानीय शिक्षक नरेन्द्र उपाध्यायले बताउनुभयो ।
प्राथमिकदेखि माध्यमिक तहसम्मका जम्मा ४५९ विद्यालय रहेको बझाङ जिल्लामा विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दी निकै न्यून हँुदा सहजरुपमा पठनपाठन गराउन समस्या भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
जिल्लाका सबै विद्यालयमा गरी २५० जना भन्दा बढी शिक्षक अपुग रहेको अवस्थामा कतिपय विद्यालयको पठनपाठनलाई सहज बनाउन विभिन्न खालका समस्या सिर्जना भइहरेको जिल्ला शिक्षा अधिकारी मदनकुमार थापाले बताउनुभयो ।
प्राथमिक तहमा बालकक्षाको अनुभव प्राप्त शिक्षकको व्यवस्था हुनुपर्ने सरकरी नीति नियम भए पनि जिल्लाका १६६ विद्यालयमा अझैसम्म पनि बाल कक्षा शिक्षकको व्यवस्था हुन सकेको छैन । जसका कारण बालबालिकालाई बालमैत्री अवधारण अनुसार शिक्षा प्रदान गर्न समस्या भएको बताइएको छ ।
सदरमुकाम आसपासका विद्यालयमा शिक्षक दरबन्दी प्रर्याप्त भए पनि विकट ग्रामीण क्षेत्रका विद्यालयमा भने दुई - तीनजना शिक्षकको भरमा निम्न माध्यामिक तथा माध्यामिक तहसम्म सञ्चालन गर्नुपरेको जनाइको छ ।
सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको सङ्गमस्थल गुराँसको राजधानी तीनजुरेमा अहिलेसम्म लालीगुराँस फुलेको छैन । मौसम परिवर्तनक...
The Lumbini Province Government has scheduled the first "Peace Marathon" in Lumbini, the birthplace of Ga...
Waling, March 5: The construction of a solar lifting drinking water project has kicked off at Budhakot area of Shivalaya...