एमविएसको परीक्षाफल प्रकाशित

01 July 2016 EducationSansar News

काठमाडौँ, १७ असार । त्रिभूवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ मङ्सिर-पुस महिनामा सञ्चालित व्यवस्थापन सङ्कायतर्फ एमविएस प्रथम वर्ष २०७१ को परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ ।

त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम अनुसार परीक्षाको मर्यादा विपरीत कार्य गर्ने परीक्षा क्रमाङ्क २५०१४६, २५२०३९, ३९१०६४, ३९३०१८, ५४००२७, ५५००४३, ३२०००१३ र ४५३००२० का परीक्षार्थीलाई दुई वर्षका लागि त्रिविबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सम्मिलित हुन नपाउने गरी निष्काशन गरिएको छ ।

उक्त परीक्षाको परीक्षाफल EducationSansar.com वेभसाइटमा हेर्न सकिनेछ ।

More News