जाजरकोटमा पहिलोपटक विद्युतीय हाजिरी

04 August 2016 Source: RSS News

जाजरकोट, २० साउन । जाजरकोटमा पहिलोपटक विद्युतीय हाजिरी सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटमा पहिलोपटक विद्युतीय हाजिरी सुरु भएको हो ।

बुधबारदेखि प्रशासन कार्यालयमा विद्युतीय हाजिरी सुरु भएको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताउनुभयो । विद्युतीय हाजिरी जडानसँगै कार्यालयमा कर्मचारी समयमा आउने र काम कारबाही छिटोछरितो हुने आशा लिइएको छ ।

जिल्लाका अन्य सरकारी कार्यालयमा पनि यो प्रणाली जडान गर्न सके कामकाजमा प्रभावकारिता आउने अपेक्षा गरिएको छ ।

More News