अर्घाखाँचीका ४८ विद्यालय बन्द

27 June 2016 Source: RSS News

कास्की (कास) - बर्सेनि बिद्यार्थी संख्या घट्दै गएका कस्की र अर्घाखाँची ४८ विद्यालय बन्द भएका छन्। तिन वर्षयता जिल्ला शिक्षा कार्यालयले बढाएको प्रक्रियाअन्तर्गत कास्कीका २९ र अर्घाखाँचीका १९ विद्यालय बन्द भएका हुन्। कास्कीका २०६९ र अर्घाखाँचीमा २०७० देखि घट्दो बिद्यार्थी संख्याको आधारमा नजिकका अरु विद्यालयसंग मर्जको प्रक्रिया थालिएको जिशिकाले जनाएका छन्।

बिद्यार्थी न्युन रहेका स्कूल कास्कीमा सय वोटा छन्,'सहायेक जिल्ला शिक्षा अधिकारी दामोदर सुबेदीले भने, 'पहाडी भेगमा एउटा कक्षामा ४५ जना हुनुपर्छ। तर, १० जनासम्म पानी बिद्यार्थी छैनन।' त्यस्ता स्कूल स्वत: अर्कोमा गव्नु पर्ने उनले बताए।'बिद्यार्थी संख्या न्युन भएमध्येका अझै कति ओटा विद्यालयलाई आरुमा मर्ज गर्ने भन्नेबारे अध्ययन भैरहेको छ,'उनले भने। धेरैजसो दुर्गमका विद्यालयको अवस्था नाजुक छ। सुविधा खोज्दै सहरतिर बसाई जाने, बोर्डिंगतिर रुची र थोरै सन्तान जन्माउने चलन आदि बिद्यार्थी संख्या न्युन हुनुका कारण छन्।

'समुदायिक विद्यालय बन्द हुदैँ जानु चिन्ताको बिषय हो' कास्कीका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले भने, मापदण्ड अनुसारको बिद्यार्थी संख्या नहुँदा स्कूल मर्ज गर्न र कक्षा घटाउन बाध्य छौ।'अर्घाखाँचीमा तिन वर्षको अवधिमा अन्यमा गाभीयेका १९ बाहेक पनि अझै चार विद्यालय बन्द हुने अवस्थाका छन्। 'बाध्यताबस स्कूल बन्द गर्नुपरेको छ,' अर्घाखाँचीका जिशिअ सुरेन्द्र पराजुलीले भने, 'अरुमा गाभिएका विद्यालय पनि टाढा छैनन्, बिद्यार्थीलाई धेरै टाढा हिंडेर जानु नपरोस भन्नेमा ध्यान दिएको छ।' संकटमा परेका विद्यालयमध्ये अधिकांश प्रावि स्तरका छन्।

More News