
गुराँसको राजधानीमा चैतमा पनि गुराँस फुलेन
सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको सङ्गमस्थल गुराँसको राजधानी तीनजुरेमा अहिलेसम्म लालीगुराँस फुलेको छैन । मौसम परिवर्तनक...
भक्तपुर, १० माघ । शैक्षिक उपलब्धिका दृष्टिले उत्कृष्ट जिल्लाको रुपमा रहेको भक्तपुरको शैक्षिकस्तरमा थप सुधार गर्न भन्दै जिल्लाका सरकारी सामुदायिक विद्यालयका प्रधानाध्यापक र जिल्ला शिक्षा अधिकारीबीच एक सम्झौता भएको छ ।
सरकारी विद्यालयको समग्र व्यवस्थापन तथा शैक्षिक उपलब्धि सुधारका लागि जिशिअ र प्रअहरूबीच २१ बुँदे कार्य सम्पादन सम्झौता भएको हो ।
शैक्षिक सत्र २०७३ का लागि विभिन्न कार्य सम्पादन गर्न जिशिअ अर्जुनबहादुर रायमाझी र विद्यालयका प्रअहरूबीच सम्झौता भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जिशिअ रायमाझीका अनुसार उच्चमाध्यमिक, निमावि र प्रावि तहका १३० जना प्रअबीच सम्झौता भएको हो ।
“विद्यालयको समग्र व्यवस्थापन सुधार गर्दै शैक्षिक उपलब्धि वृद्धिका लागि विगतमा भएका कार्यलाई निरन्तरताको साथै शैक्षिक गुणस्तर उकास्नका लागि थप कार्य सम्पादन सम्झौता भएको हो,” शिक्षा अधिकारी रायमाझीले भन्नुभयो, “प्रअले सम्झौता अनुसार काम गर्नुपर्छ, काम भयो भएन भन्ने विषयमा हामी अनुगमन गर्छौंं ।”
२१ बुँदे सम्झौतापत्रमा चालु आवको असार मसान्तभित्र विद्यालय सुधार योजना तयार गर्ने, विद्यालय क्षेत्र निर्धारण गरेर सो क्षेत्रका बालबालिकालाई विद्यालयमा ल्याउने, विद्यालय बाहिर बालबालिका नरहेको घोषणा गर्ने, बालमैत्री विद्यालय व्यवस्थापनको वातावरण बनाउने, धुलोरहित कक्षाकोठामा विद्यार्थी पढाउने, अभिभावकसँग अन्तक्र्रिया गर्दै विद्यार्थीलाई नियमित रुपमा विद्यालय आउने वातावरण बनाउने बुँदा रहेका छन् ।
सम्झौतामा शैक्षिक सत्रको अन्त्यमा प्रत्येक शिक्षकलाई आफूले शिक्षण गरेको विषयको सिकाइ उपलब्धि यकिन गर्न लगाई त्यसैका आधारमा आगामी शैक्षिक सत्रका लागि शिक्षण सुधार योजना बनाउने, विद्यालयले स्वीकृत पाठ्यक्रम तथा आवश्यकताअनुसार सन्दर्भ सामग्रीको यथोचित प्रबन्ध गर्ने, विद्यालयको नाममा निकासा भई बेरुजु कायम भएको कुनै पनि कार्यक्रम भएमा सम्झौता मितिले एक महिनाभित्र र अन्यको हकमा भदौ महिनाभित्र फछ्र्योटका लागि शिक्षा कार्यालयमा कागजात पेस गर्नेलगायतका बुँदा समेत समावेश गरिएको जिशिअ रायमाझीले बताउनुभयो ।
सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको सङ्गमस्थल गुराँसको राजधानी तीनजुरेमा अहिलेसम्म लालीगुराँस फुलेको छैन । मौसम परिवर्तनक...
The Lumbini Province Government has scheduled the first "Peace Marathon" in Lumbini, the birthplace of Ga...
Waling, March 5: The construction of a solar lifting drinking water project has kicked off at Budhakot area of Shivalaya...