गुराँसको राजधानीमा चैतमा पनि गुराँस फुलेन
सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको सङ्गमस्थल गुराँसको राजधानी तीनजुरेमा अहिलेसम्म लालीगुराँस फुलेको छैन । मौसम परिवर्तनक...
काठमाडौँ, १२ पुस । त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा दीक्षित हुने विद्यार्थीको आकर्षण बढेको छ ।समारोहमा स्कार्फ र गाउन पोसाक लगाएर आफूले उत्तीर्ण गरेको प्रमाणपत्रसँगै अध्ययन गरेको अनुभव हुने भएकाले विद्यार्थीको समारोहमा आकर्षण बढेको हो ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले उत्तीर्ण हुने विद्यार्थीले आफूसँग एकै पटक धेरै साथीसँग प्रमाणपत्र पाउने भएकाले दीक्षान्त समारोहमा विद्यार्थीको आकर्षण बढेको बताउनु हुन्छ ।उहाँका अनुसार गत वर्षभन्दा यस वर्ष दुई हजार बढी विद्यार्थी दीक्षित हुन थालेका छन् । समारोहमा विभिन्न सङ्कायका सर्वोकृष्ट अङ्क ल्याउनेलाई स्वर्ण पदकसहित पुरस्कृत गरिन्छ भने अन्य उत्तीर्ण हुने विद्यार्थीलाई प्रमाणपत्रले दीक्षित गरिन्छ ।
दीक्षान्त मूल समारोह समितिका सदस्य सचिव तथा सहनियन्त्रक डा शङ्कर भण्डारीका अनुसार यस पटक आगामी बिहीबार हुने समारोहमा नौ हजार ७३४ विद्यार्थी दीक्षित हुने छन् । गत वर्ष सात हजार ३०० विद्यार्थी दीक्षित भएका थिए ।
समारोहमा २०७२ जेठ १८ गतेदेखि २०७३ असार १ गतेसम्म स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधी उत्तीर्ण गरेका विद्यार्थी सहभागी हुन पाउने छन् ।पाटन क्याम्पस ललितपुरबाट मानविकी सङ्कायको ग्रामीण विकासमा स्नातकोत्तर उत्तीर्ण गरेकी रचना ढकाल पनि बिहीबार हुने दीक्षान्त समारोहमा दीक्षित हुँदै हुनुहुन्छ ।सहनियन्त्रक भण्डारीले दीक्षान्त समारोहमा करिब ८४ हजार विद्यार्थी दीक्षित भएको घोषणा गरिने जानकारी गराउनुभयो ।
विद्यार्थीको दीक्षित हुनेप्रति आकर्षण बढेपछि त्रिविले दीक्षान्त समारोह हुनुभन्दा एक महिना अगाडि नै सूचना प्रकाशित गरेर विद्यार्थीलाई दीक्षित हुन आह्वान गर्दछ ।यसपटक कात्तिक १० देखि मङ्सिर १२ गतेसम्म दीक्षित हुन विद्यार्थीलाई बल्खुस्थित पनिका कार्यालयमा निवेदन दिन आग्रह गरेको थियो ।
अनेरास्ववियुका शैक्षिक विभाग प्रमुख माधव पन्तले विदेशी विश्वविद्यालयमा दीक्षान्त समारोहमा विद्यार्थीको आकर्षण बढेसँगै नेपालमा पनि बढेको बताउनु हुन्छ ।उहाँले शिक्षाको अन्तर्राष्ट्रिय मापदण्डलाई समेट्नका लागि पनि अनिवार्य रुपमा विद्यार्थी दीक्षित हुनपर्ने उल्लेख गर्दै त्रिविले नियमित परीक्षा गरेर सबै विद्यार्थीलाई दीक्षान्त समारोहमा उपस्थित हुन वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो ।
त्रिविले दीक्षित हुने प्रत्येक विद्यार्थीसँग रु दुई हजार धरौटी स्वरुप शुल्क लिएर स्कार्फ र गाउन दिने गर्दछ । समारोह पछि रु दुई हजार विद्यार्थीले फिर्ता पाउने छन् भने विद्यार्थीले स्कार्फ र गाउन त्रिविलाई फिर्ता गर्नुपर्ने हुन्छ ।दीक्षित हुने विद्यार्थीले रु २०० शुल्क तिरेर समारोहमा दुई जना अभिभावक पनि लैजान पाउने व्यवस्था रहेको सहनियन्त्रक अधिकारीले बताउनुभयो ।
सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको सङ्गमस्थल गुराँसको राजधानी तीनजुरेमा अहिलेसम्म लालीगुराँस फुलेको छैन । मौसम परिवर्तनक...
The Lumbini Province Government has scheduled the first "Peace Marathon" in Lumbini, the birthplace of Ga...
Waling, March 5: The construction of a solar lifting drinking water project has kicked off at Budhakot area of Shivalaya...