विद्यार्थीको सहयोगका लागि रु १५ लाख सङ्कलन

26 December 2016 Source: RSS News

गुल्मी, ११ पुस । गुल्मीको एक विद्यालयले अक्षयकोष स्थापनाको लागि आर्थिक सङ्कलन अभियानलाई तीव्रता दिएको छ ।

कुर्घा गाविस–७ गुर्जाङमा रहेको खड्कदेवी प्राथमिक विद्यालयले सञ्चालन गरेको अभियानबाट हालसम्म स्वदेश तथा विदेशमा रहेका विभिन्न व्यक्तिबाट कुल रु १५ लाख सङ्कलन भएको विद्यालयका प्रधानाध्यापक कुलराज शर्माले जानकारी दिनुभयो ।

विद्यार्थीको लागि निःशुल्क रुपमा दिवा खाजा, पोसाक र कपि कलमको सुविधा र सहयोग गर्ने लक्ष्यसहित विद्यालयले रु ३० लाखको अक्षयकोष स्थापना गरी विद्यार्थीलाई सुविधा प्रदान गर्ने उद्देश्यका साथ अभियान सञ्चालन गरिएको हो ।

प्रधानाध्यापक शर्माले सानो विद्यालय भएर पनि यस्तो कार्य जिल्लामा कहीँकतै आफूले नसुनेको र नदेखेको  हुँदा यो जिल्लाकै नमुना कार्य भएको दाबी गर्नुभयो ।

More News