विद्यालयमा आगजनी

25 December 2016 Source: RSS News

फलेवास (पर्वत), १० पुस । दक्षिण पर्वतको शालिग्राम गाविसस्थित सेतीवेणीबजारमा रहेको शालिग्राम माविमा अज्ञात व्यक्तिको समूहले गएराति आगजनी गरेका छन् ।

राति १२ बजेको समयमा विद्यालयमा आगजनी गरिएको हो । आगजनीबाट विद्यालयका महत्वपूर्ण कागजात र लाखौँ मूल्यका फर्निचर नष्ट भएका छन् । सेतीबेनी बजारका रेशम न्यौपानेको पसलमा प्रवेश गरी चोरीको प्रयास गर्दा स्थानीयवासीले थाहा पाएपछि विद्यालयमा पुगेको उक्त चोरको समूहले नै आगजनी गरेर भागेको स्थानीय प्रहरी चौकीले जनाएको छ ।

आगलागीबाट २०२८ देखि २०६० साल सम्मका महत्वपूर्ण आर्थिक तथा अन्य कागजात जलेर नष्ट भएको स्थानीयवासी प्रेम भुसालले जानकारी दिनुभयो ।साहित्यिक पुरस्कारबाट पाँच स्रष्टा पुरस्कृत पर्वत जिल्लाकै पुरानो साहित्यिक संस्था पर्वत साहित्य सङ्गमले धौलागिरि अञ्चलमा जन्मेका पाँचजना सष्ट्रालाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

शनिबार सदरमुकाम कुश्माबजारमा आयोजित कार्यक्रममा बागलुङका भुपिन खड्का, म्याग्दीका भक्त कार्की, पर्वतका साधना प्रतीक्षा, सदानन्द जैसी अभागी र अमन पौडेल पुरस्कृत तथा सम्मानित हुनुभएको हो ।

नेपाली भाषा, साहित्य तथा प्राज्ञिक क्षेत्रको उन्नयनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै उहाँहरुलाई नगद १० हजारसहित सम्मानपत्र र दोसल्ला ओढाएर पुरस्कृत गरिएको हो ।सष्ट्राहरुलाई सम्मान गर्दै वरिष्ठ साहित्यकार प्राज्ञ तीर्थ श्रेष्ठले नेपाली कलासाहित्यको विकासमा राज्यले अग्रणी भूमिका खेल्नुपर्ने बताउनुभयो ।

More News