पूर्व सहसचिवद्वारा विद्यालयलाई १० लाखको जग्गादान

22 December 2016 Source: RSS News

गौशाला, ७ पुस ।स्वास्थ्य मन्त्रालयका पूर्व सहसचिव डा गरिबदास ठाकुरले आज महोत्तरी जिल्लाको धीरापुरस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई रु १० लाख मूल्य बराबरको जग्गादान गर्नुभएको छ ।विद्यालयमा भवन तथा खेल मैदानको लागि जग्गा अभाव रहेको बेला विद्यालय प्रशासनको आग्रहमा डा ठाकुरले सो विद्यालयलाई चार कट्ठा जग्गादान गर्नुभएको स्थानीय रामलोचन ठाकुरले बताउनुभयो ।

सो जग्गामा विद्यालय प्रशासनले केही दिनभित्रै भवन निर्माण गर्ने तथा बाँकी जग्गा खेल मैदानमा प्रयोग गर्ने जनाएको छ । हालसालै स्वास्थ्य मन्त्रालयको सहसचिवबाट अवकाश प्राप्त गर्नुभएका डा ठाकुरले आफ्नो जन्मभूमि एवम् पैतृक गाउँको जमिन विद्यालयलाई प्रदान गरेर सेवा गर्न पाउँदा निक्कै खुसी लागेको बताउनुभयो ।एक महिनापछि गाविस कार्यालयको तालाबन्दी खोलियो। सचिव सरुवा रोक्काको माग गर्दै महोत्तरी जिल्लाको महदैया तपनपुर गाविसको कार्यालयमा विगत एक महिनादेखि गरिएको तालाबन्दी आज बिहान खोलिएको छ ।

सो गाविसका सचिव रामएकवाल यादवलाई सरुवा गरेपछि स्थानीय राजनीतिक दलसहित सर्वसाधारणले मङ्सिर ६ गते सचिव सरुवा रोक्काको माग गर्दै गाविसमा तालाबन्दी गरेका थिए ।आज एक महिनापछि पुनः सोही सचिवले गाविसको कामकाज गर्न आउँदा सर्वदलीय संयन्त्रसहित सर्वसाधारणले सचिवको स्वागत सहित गाविस कार्यालयमा लगाएको ताल्चा खोलेर कामकाज सुचारु गराएको राप्रपा नेता हेमशङ्कर यादवले बताउनुभयो ।

More News