शिक्षक कुमारविरुद्ध आरोपपत्र दायर

22 December 2016 Source: RSS News

काठमाडौँ, ७ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेसगरी नियुक्ति लिने शिक्षक इन्दल कुमारविरुद्ध आरोपपत्र दायर गरेको छ ।

आयोगले रामेछामको जलदेवी माध्यमिक विद्यालयमा कार्यरत शिक्षक इन्दल कुमारले माध्यमिक तहको नक्कली स्थायी अध्यापन अनुमतिपत्र पेसगरी उक्त पदमा नियुक्ति लिएको जनाएको छ ।

उजुरीका आधारमा छानबिन गर्दा नक्कली शैक्षिक अध्यापन अनुमतिपत्रको प्रमाणपत्र पेस गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको देखिएकाले उहाँ विरुद्ध आयोगले आज विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ ।

More News