किराँत राई विद्यार्थीको नयाँ नेतृत्व

15 December 2016 Source: RSS News

इलाम, ३० मङ्सिर । किराँत राई विद्यार्थी सङ्घको आठौँ राष्ट्रिय सम्मेलन बिर्सिका राईको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गर्दै बुधबार सम्पन्न भएको छ ।

इलाम सदरमुकाममा सम्पन्न सम्मेलनले ३५ सदस्यीय कार्यसमिति तथा ५९ सदस्यीय केन्द्रीय कार्यपरिषद् गठन गरेको छ । सम्मेलनले उपाध्यक्षद्वय जितेन राई र रामचन्द्र राईलाई चयन गरेको छ ।

महासचिवमा सोबित राई, सचिव रबिन राई, कोषाध्यक्ष प्रविना राई र सहकोषाध्यक्षमा सन्तोष मुुग्मिम राई चयन भएका छन् । सदस्यहरूमा अञ्जिल राई, दिवेन राई, प्रभा राईलगायत रहेका छन् ।

सम्मेलनमा १६ जिल्लासहित कास्की र काठमाडौँ उपत्यकाका प्रतिनिधि इलाम आएका थिए । समितिको १५ सचिवालय सदस्य र ११ जना पदाधिकारी रहने जनाइएको छ ।

यसैगरी, किरावि संघ इलामको सातौँ जिल्ला सम्मेलनसमेत सम्पन्न भएको छ । सम्मेलनले अन्वेश थुुलुङ राईको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा राम राई, सचिव पवित्रा राई, सहसचिव बिना खालिङ र कोषाध्यक्षमा सोभना राई चयन भएका छन् ।

इलाममा सम्पन्न सम्मेलनले २४ बुुँदे घोषणापत्रसमेत जारी गरेको छ । घोषणापत्रमा जातीय पहिचानसहितको स्वायत्त प्रदेश घोेषणा गरिनुुपर्ने, किराँत स्वायत्त राज्य घोषणा गरिनुपर्ने, प्रशासन संयन्त्रमा जनसङ्ख्या प्रतिशतमा कर्मचारी नियुुक्ति गरिनुुपर्ने, उच्च मावि तहसम्म निःशुुल्क शिक्षाको व्यवस्था गरिनुुपर्ने उल्लेख छ ।

त्यस्तै, धर्म निरपेक्षतालाई संस्थागत गर्नुुपर्ने, शैक्षिक माफिया तथा नीतिगत भ्रष्टाचारविरुद्ध अभियान चलाइने, नवीन किराँत जागरण अभियानलाई राज्य, थुुम, जिल्ला, इलाकादेखि इकाईसम्म सञ्चालन गर्ने घोषणापत्रमा उल्लेख छ ।

More News