दुर्गमको विद्यालयलाई जग्गादान

08 December 2016 Source: RSS News

बैतडी, २३ मङ्सिर । बैतडी जिल्लाको पुरचौडी क्षेत्रमा पर्ने कोटिला गाविसका एक स्थानीय व्यक्तिले गाउँको विद्यालयलाई निःशुल्क जग्गादान गर्नुभएको छ ।

कोटिला–३ मनबस्तीमा रहेको जय निरपाल प्राथमिक विद्यालयलाई स्थानीयवासी दली ऐरले एक रोपनी जग्गादान गरेको विद्यालयका शिक्षक रामसिंह ऐरले राससलाई जानकारी दिनुभयो । कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा भवन नहुँदा पढाइ प्रभावित हुँदैआएकाले दान गरेको जमिनमा विद्यालय भवन निर्माण गरिने उहाँले बताउनुभयो ।

विद्यालयमा चारवटा मात्रै कोठा रहेको र तिनीहरु पनि जीर्ण अवस्थामा रहेका बताइएको छ । उक्त विद्यालयमा ५५ छात्रा र ३८ छात्र गरी कुल ९३ जना विद्यार्थी अध्ययन गरिराख्नुभएको छ । जग्गादान गर्नुहुने दली ऐरलाई विद्यालयले विशेष धन्यवादसमेत ज्ञापन गरेको छ ।

More News