शिक्षा राज्यमन्त्रीद्वारा विद्यालय भवन उद्घाटन

30 November 2016 Source: RSS News

इटहरी, १५ मङ्सिर । शिक्षा राज्यमन्त्री धनमाया विश्वकर्मा (खनाल)ले आज सुनसरी जिल्लाको इटहरीमा निर्माण गरिएको मनमोहन प्राथमिक विद्यालयको भवनको उद्घाटन गर्नुभयो ।

दुईतले तीनकोठे उक्त पक्की भवन रु २८ लाख ९८ हजार ३२८ को लागतमा निर्माण सम्पन्न गरिएको हो ।सो अवसरमा उहाँले नेपालका शिक्षाविद्ले शैक्षिक सुधारका विषयमा गम्भीर चासो नराख्ने र आफ्नो अनुकूलको शिक्षा ऐन तथा नियम बनाउने गर्दा शिक्षा क्षेत्रमा धेरै बेथिति बेहोर्नु परिरहेको बताउनुभयो ।

राज्यमन्त्री खनालले राहत कोटा, अस्थायी शिक्षक तथा कर्मचारीका हितका विषयमा ऐन तथा कानुनमा स्पष्ट उल्लेख गर्ने प्रयास भइरहेको जानकारी पनि दिनुभयो ।

More News