दुर्घटनामा आठ विद्यार्थी घाइते

30 November 2016 Source: RSS News

पोखरा, १५ मङ्सिर । पोखरा उपमहानगरपालिका १९ लामाचौरस्थित अकला मन्दिर नजिक आज साँझ विद्यालयको बस दुर्घटना हुँदा आठ विद्यार्थी घाइते भएका छन् ।

एल एन्जेल विद्यालयको ग १ क २२०६ नं को बस सो ठाउँको नालीमा पल्टिएको हो । दुर्घटनामा घाइते विद्यार्थीको फिस्टेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइते सबै विद्यार्थी खतरामुक्त रहेको बताइएको छ । प्रहरीले बस चालक विष्णुप्रसाद आचार्यलाई नियन्त्रणमा लिएको छ ।

More News