छात्रालाई साइकल

29 November 2016 Source: RSS News

नेपालगन्ज, १४ मङ्सिर । स्थानीय सरस्वती माध्यमिक विद्यालयका जेहेन्दार, गरिब तथा विद्यालयदेखि टाढा घर भएका २० छात्रालाई आज यहाँ एक एक थान साइकल उपलब्ध गराइएको छ ।छात्रा शिक्षा, सशक्तीकरण र अधिकारका लागि कार्यक्रमअन्तर्गत माइती नेपालले सो साइकल उपलब्ध गराएको हो।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, सहायक जिल्ला शिक्षा अधिकारी गोरखबहादुर थापा, प्रधानाध्यापक सुरेशकुमार परसैला र माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाले छात्राहरुलाई साइकल वितरण गर्नुभएको थियो । यसअघि सो संस्थाले सोही कार्यक्रमअन्तर्गत बर्दिया जिल्लाका दुई माविका विद्यार्थीलाई ३० थान साइकल प्रदान गरेको थियो ।

More News