विद्यार्थीको भविष्यमाथि गम्भीर बन्न आग्रह

27 November 2016 Source: RSS News

पोखरा, १२ मङ्सिर । मणिपाल मेडिकल कजेलले आन्दोलनरत शङ्कायका शिक्षकलाई विद्यार्थीको भविष्यमाथि गम्भीर बन्न आग्रह गरेको छ। कलेजद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा आन्दोलनरत शङ्कायका शिक्षकको मागलाई सम्बोधन गर्ने र व्यवस्थापनका बाध्यतासमेत अध्ययन गरी समस्याको समाधान गर्न सबै पक्ष सहमत भएको अवस्थामा पुनः कक्षा सञ्चालनमा अवरोध गरेकाप्रति गम्भीर ध्यानआकृष्ट भएको कलेजका प्रशासन प्रमुख भानु भारद्वाजले बताउनुभयो ।

यही मङसिर १ गते जिल्ला प्रशासन कार्यालयमा मणिपाल कजेल व्यवस्थापन प्रतिनिधि, अभिभावक र आन्दोलनरत शङ्कायका प्रतिनिधिबीच सहमति भएर कार्यान्वयनको प्रक्रिया अगाडि बढेका अवस्थामा पुनः विद्यार्थीको पठनपाठन अवरुद्ध गराइएको उहाँको भनाइ छ । प्रशासनले स्रोतसाधनलाई ध्यानमा राखी २०७३ साल १ गतेदेखि लागू हुनेगरी तलब वृद्धिको निर्णय गरेको जानकारी दिनुभयो ।

वृद्धि भएको तलब तथा सुविधा एकमुष्टरुपमा यही मङ्सिर ७ गते भुक्तानी गरिएको र अस्थायी शिक्षकलाई स्थायी गर्ने तथा आकस्मिक कल ड्यटी गरेबापत सट्टा बिदा दिने सम्बन्धमा व्यवस्थापनले काठमाडौँ विश्वविद्यालयसँग समन्वय गरिरहेको भारद्वाजले बताउनुभयो ।

कलेजका प्राचार्य बिएम नागपालले सहमतिअनुसार समिति गठन गरी उक्त समितिको सिफारिसका आधारमा समस्या समाधान गरिने र विद्यार्थीको पठनपाठनमा असर पार्ने गरी आन्दोलन नगर्न शङ्कायका शिक्षकलाईलाई आग्रह गर्नुभएको छ ।

More News