विद्यालयका लागि रु दुई लाख सहयोग

17 November 2016 Source: RSS News

रामपुर (पाल्पा), २ मङ्सिर । रामपुर नगरपालिका–८ सानीअमराईमा रहेको बालकल्याण प्राथमिक विद्यालयका लागि रु दुई लाख आर्थिक रकम सहयोग प्राप्त भएको छ ।

विद्यालयको स्तरोन्नतिका लागि जापानी नागरिक ताकासी होन्डाले रु दुई लाख आर्थिक रकम सहयोग गर्नुभएको हो । शैक्षिक तथा भौतिक विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको सहयोगदाता होन्डाले बताउनुभयो ।

सो रकम विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक क्षेत्रमा खर्च गरिने विद्यालयका शिक्षक नारायणप्रसाद खनालले बताउनुभयो ।

More News