पूर्वविद्यार्थीद्वारा क्याम्पसलाई सहयोग

11 November 2016 EducationSansar News

म्याग्दी, २६ कात्तिक । म्याग्दी बहुमुखी क्याम्पसमा प्राविधिक शिक्षा थप र स्नातकोत्तर तहको पठनपाठन सुरु गर्ने उद्देश्यले आयोजित धार्मिक तथा शैक्षिक महोत्सव तथा श्रीमद्भागवत ज्ञान महायज्ञमा क्यापसका पूर्वविद्यार्थीले सहयोग गरेका छन्

महायज्ञको पहिलो सहयोग व्यवस्थापन सङ्कायको पहिलो ब्याचका पूर्वविद्यार्थीले गरेका हुन् । क्याम्पसको व्यवस्थापन सङ्काय २०६३/६५ का विद्यार्थीले बिहीबारदेखि सुरु भएको सप्ताहव्यापी श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञमा रु एक लाख ५५ हजार पाँच सय ५५ सहयोग गरेका छन् ।

जिल्लाको पुरानो र शैैक्षिक इतिहास बोकेको क्याम्पसमा स्नातकोत्तर तहको पठनपाठन र प्राविधिक शिक्षा सञ्चालन गर्न सके जिल्ला नै छाडेर अध्ययन गर्नुपर्ने बाध्यताको अन्त्य गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको म्याग्दी क्याम्पस बिबिएस प्रथम ब्याचका संयोजक बिमल रिजालले बताउनुभयो ।

More News