शिक्षा नियमावली आउन अझै समय लाग्ने

04 November 2016 Source: RSS News

काठमाडौँ, १९ कात्तिक । शिक्षा ऐन ९आठौँं संशोधन० बमोजिम नयाँ शिक्षा नियमावली जारी गर्न शिक्षा मन्त्रालयलाई अझै केही समय लाग्ने भएको छ ।

गत असार १५ मा राष्ट्रपतिबाट प्रमाणीकरण भएको सो संशोधन ऐन कार्यान्वयनमा आएको चार महिना भइसकेको छ ।

नियमावली नआउन्जेलसम्म अस्थायी शिक्षकको व्यवस्थापनलगायतका समस्या समाधान गर्न अन्योल छ । एक महिनाअघि शिक्षामन्त्री धनीराम पौडेलले सार्वजनिक गर्नुभएको कार्ययोजनामा यही कात्र्तिक २५ भित्र नियमावली जारी गर्ने उल्लेख थियो । यस्तै कात्तिक २१ गतेभित्र राष्ट्रिय शिक्षा आयोग गठन गर्ने उल्लेख थियो ।

मन्त्रालयले सहसचिव डा हरि लम्सालको संयोजकत्वमा नियमावली निर्माण कार्यदल गठन गरेको थियो । शिक्षा राज्यमन्त्री धनमाया विकले नियमावली ल्याउने र आयोग गठन गर्ने कार्य तयारीमै रहेपनि दसैँ, तिहार, भारतीय राष्ट्रपतिको नेपाल भ्रमण, छठ विदाजस्ता कारण केही समय लाग्न सक्ने बताउनुभयो ।

उहाँले मन्त्रालयले तोकिएको समयमै काम गर्ने तयारी गरेपनि केही दिन प्रभावित भएकाले सकेसम्म चाँडै नियमावली जारी गरिने बताउनुभयो ।

More News