विपन्न विद्यार्थीलाई सहयोग

27 October 2016 Source: RSS News

रत्ननगर (चितवन), ११ कात्तिक । डेनमार्कमा कार्यरत नेपाली नागरिकले पेय पदार्थको बोतल बेचेर विपन्न विद्यार्थीका लागि सहयोग रकम जुटाएका छन् ।

‘अभियान नेपाल डेनमार्क’का अध्यक्ष शशि श्रेष्ठका अनुसार उनीहरुले बोतल बिक्री गरी रत्ननगरस्थित मङ्गलपुरका चेपाङ बालबालिकालाई रु १० हजार सहयोग गरेका छन् । एनआरएनका केन्द्रीय सदस्य सोमप्रसाद सापकोटामार्फत सो रकम चेपाङ बालबालिकालाई हस्तान्तरण गरिएको हो ।

यसअघि सो संस्थाले विभिन्न जिल्लाका ६० विपन्न बालबालिकालाई पठनपाठनका लागि सहयोग गरेको सापकोटाले बताउनुभयो । “पेय पदार्थका बोतल सङ्कलन गर्छौँ, एक बोतल बराबर रु १५ आउँछ, सोही रकम सङ्कलन गरेर विपन्न विद्यार्थीका लागि पठाउँछौँ,” उहाँले भन्नुभयो ।

More News