विशेष दीक्षान्त समारोह काठमाडौँमा हुने

26 October 2016 Source: RSS News

बनेपा, १० कात्तिक । काठमाडौँ विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त समारोह यसपटक राजधानीमा हुने भएको छ ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई सम्मानार्थ महाविद्यावारिधि प्रदान गर्ने उक्त विशेष दीक्षान्त समारोह विशेष कारणवस त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौँमा हुने निश्चित भएको काठमाडौँ विश्वविद्यालयका प्रेस संयोजक हरि मञ्जुश्रीले जानकारी दिनुभयो ।

राष्ट्रपति मुखर्जीलाई प्रदान गर्न लागिएको सम्मानार्थ महाविद्यावारिधि यो तेस्रोपटक हो । राष्ट्रपति मुखर्जीलाई आगामी कात्तिक १८ गते काठमाडौँ विश्वविद्यालयको कुलपतिको हैसियतले प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मानार्थ महाविद्यावारिधि प्रदान गर्नुहुने कार्यक्रम रहेको छ ।

यसअघि भारतीय विद्वान् करण सिंहलाई पहिलोपटक र संस्कृतविद् सत्यमोहन जोशीलाई दोस्रोपटक विशेष दीक्षान्त समारोहमा सम्मानार्थ महाविद्यावारिधि प्रदान गरिएको थियो ।

More News