मौका परीक्षा सकियो

22 October 2016 Source: RSS News

भक्तपुर, ६ कात्तिक । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले सञ्चालन गरेको कक्षा १२ को मौका परीक्षा सकिएको छ ।

कक्षा १२ मा एउटा विषयमा अनुतीर्ण भएका विद्यार्थीका लागि आज एकदिन सञ्चालन गरेको मौका परीक्षामा ३३ हजार पाँच परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिनुभयो ।

देशभरका ८७ परीक्षा केन्द्रबाट एकैसाथ सञ्चालन भएको उक्त परीक्षामा सबैभन्दा बढी अङ्ग्रेजी विषयमा ११ हजार विद्यार्थी सहभागी भएका थिए । यस्तै अर्थशास्त्रमा सात हजार, लेखामा तीन हजार तीनसयसहित अन्य विषयमा अनुत्तीर्ण भएका विद्यार्थीले मौका परीक्षा दिएका थिए । परीक्षाको नतिजा यही महिनाभित्र सार्वजनिक गर्ने अर्यालले बताउनुभयो ।

More News