सामुदायिक शिक्षक युनियनको अध्यक्षमा भट्टराई

22 October 2016 Source: RSS News

काठमाडौँ, ६ कात्तिक । नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षा युनियनको चौथो महाधिवेशनले ज्ञानप्रसाद भट्टराईको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा बाबुनाथ यादव, बालकृष्ण कँडेल र यज्ञबहादुर बुढा चयन हुनुभएको छ । यस्तै, उपाध्यक्षहरुमा प्रकाशबहादुर चन्द, ताराप्रसाद पोखरेल, उमेशप्रसाद चौहान, वीरबहादुर शाही, डिबी रेस्मी, वेदप्रसाद काफ्ले, टङ्कलाल भुषाल र तुलसीप्रसाद चापागार्इं चयन हुनुभएको छ । युनियनको महासचिवमा प्रह्लादराज गौतम, उपमहासचिवमा नारायण प्र. गौतम चयन हुनुभएको छ ।

महाधिवेशनले उच्च माध्यमिक तह कक्षा ११ र १२ मा कम्तीमा पाँचजना विषयगत शिक्षकको दरबन्दी व्यवस्था र कार्यरत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाका आधारमा स्थायी गर्न माग गरेको छ ।

More News