खेलकुद परिषदद्वारा दुर्गा शैक्षिक गृह सम्मानित

04 August 2016 Source: RSS News

रुपन्देहीको पश्चिम अमुवामा सञ्चालित दुर्गा शैक्षिक गृह राष्ट्रिय खेलकुद परिषद्बाट आर्थिक सहयोगसहित सम्मान पाउन सफल भएको छ ।

परिषद्बाट सम्मानसहित नगद रु ५० हजार र जिल्ला खेलकुद विकास समिति रुपन्देहीबाट रु १५ हजार गरी रु ६५ हजार प्राप्त भएको विद्यालयका प्रबन्ध निर्देशक राजन ज्ञवालीले बताउनुभयो ।

विसं २०७२ - ७३ को जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा रुपन्देही जिल्ला प्रथम भएकामा विद्यालयले उक्त पुरस्कार प्राप्त गरेको हो ।

विद्यालयमा खेल सामग्रीको प्रयोजनका लागि परिषद्बाट सम्मानसहित आर्थिक पुरस्कार प्रदान गरेको जिल्ला खेलकुद विकास समिति रुपन्देही अध्यक्ष योग गुरुङले बताउनुभयो ।

More News