गुराँसको राजधानीमा चैतमा पनि गुराँस फुलेन
सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको सङ्गमस्थल गुराँसको राजधानी तीनजुरेमा अहिलेसम्म लालीगुराँस फुलेको छैन । मौसम परिवर्तनक...
मुसीकोट र वामिटक्सार जोड्ने झोलुङ्गे पुल बाढीले बगाइदिएपछि त्यस क्षेत्रका सयौँ विद्यार्थी पढ्नबाट वञ्चित हुन पुगेका छन्
बढीघाट खोलामा आएको बाढीले गत साता उक्त क्षेत्रको सुदीमा रहेको झोलुङ्गे पुल बगाइदिएपछि विद्यार्थीलाई विद्यालयसम्म आवतजावत गर्न समस्या परेको हो । मुसीकोट र बडागाउँ गाविसका करिब २०० भन्दा बढी विद्यार्थी त्यही पुलको प्रयोग गरी वामिटक्सारमा रहेको विद्यालय र कलेजमा दिनहुँ अध्ययन गर्न जाने गर्छन् ।
विद्यालयसम्म आवतजावत गर्नका लागि गाउँ नजिकै रहेको झोलुङ्गे पुल बाढीले बगाइदिएपछि उनीहरुलाई विद्यालयसम्म पुग्न तीन घन्टाको लामो बाटो घुमेर बागलुङको खर्बाङ हुँदै विद्यालयसम्म पुग्नुपर्नेे हुन्छ ।
वर्षायामको समय र लामो बाटो हुँदै जानुपर्ने भएका कारण उनीहरुलाई विद्यालय जान समस्या परेको स्थानीयवासी जनक केसीले बताउनुभयो । उक्त क्षेत्रका विद्यार्थीको समस्यालाई कसरी समाधान गर्ने भन्ने विषयमा प्रजिअसँग छलफल भइरहेको र चाँडै यसबारेमा विकल्प खोजी गरिने जिल्ला शिक्षा अधिकारी मित्रमणि खनालले जानकारी दिनुभयो ।
बडागाउँ र वामीको झेँदीमा रहेको झोलुङ्गे पुल समेत बढीघाट खोलाको बाढीले बगाउने अवस्थामा रहेको छ । खोलाको बाढीले उक्त पुलको जग खोलिदिएपछि पुल उच्च खतरामा परेको कारण स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । वर्षाको कारण बन्द भएका सदरमुकाम तम्घासका विद्यालय भने आइतबारदेखि पुनःसञ्चालन भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको सङ्गमस्थल गुराँसको राजधानी तीनजुरेमा अहिलेसम्म लालीगुराँस फुलेको छैन । मौसम परिवर्तनक...
The Lumbini Province Government has scheduled the first "Peace Marathon" in Lumbini, the birthplace of Ga...
Waling, March 5: The construction of a solar lifting drinking water project has kicked off at Budhakot area of Shivalaya...