‘समान शैक्षिक अधिकारका लागि एकीकृत विद्यार्थी अभियान’

27 July 2016 Source: RSS News

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले ‘समान शैक्षिक अधिकारका लागि एकीकृत राष्ट्रिय विद्यार्थी अभियान’ सञ्चालन गर्ने भएको छ ।

नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले आज यहाँ पत्रकार सम्मेलन गरी यही साउन १८ देखि असोज १५ गतेसम्म तीनमहिने अभियान सञ्चालन गर्न लागेको जानकारी दिएको हो ।

क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहले भारतीय शैक्षिक बोर्ड सिबिएसईको पाठ्यक्रम सञ्चालन गरिरहेका देशभित्रका मोर्डन इन्डियन स्कुललगायत एक दर्जनभन्दा बढी शैक्षिक संस्थालाई शिक्षा मन्त्रालयले दिएको स्वीकृति खारेज गरिनुपर्ने, मेडिकल कलेजमा भइरहेको दलालीकरणको अन्त्य हुनुपर्ने, सिटिइभिटीले प्राविधिक शिक्षा अध्ययनमा विद्यार्थीलाई गरेको वञ्चितीकरण र चर्को शुल्क लिने कदमको अन्त्य गरिनुपर्ने, निजी कलेज तथा विद्यालयले गरेको चर्को शुल्क वृद्धि खारेज गरिनुपर्ने बताउनुभयो ।

ती मागबारे यही साउन १७ गते सरकारलाई ज्ञापनपत्र बुझाउने, साउन २८ गते अन्तक्र्रिया गर्ने र साउन ३० गते शैक्षिक देशव्यापी प्रदर्शन गर्ने उक्त विद्यार्थी सङ्गठनको कार्यक्रम छ ।

More News