अध्ययनसँगै गाइपालन

25 July 2016 Source: RSS News

कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका - १० का २२ वर्षीय नवराज जोशी कृष्ण बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थी हुन् ।

व्यवस्थापन सङ्कायमा अध्ययनरत जोशीको परिचय एउटा विद्यार्थी मात्रै नभइ उहाँ गाउँको सबल किसानको रुपमा समेत परिचित हुनुहुन्छ । अध्ययनसँगै साँझ - बिहानको समयमा उहाँले रु आठ लाखको लगानीमा गाईपालन थाल्नुभएको छ । उहाँसंँग तीनवटा जर्सी गाई र तीन भैँसी रहेको छ ।

"पछिल्लो समय झलारी बजारमा दूध डेरी सञ्चालनमा ल्याएको छु," उहाँले भन्नुभयो । विदेशको मोह त्यागेर स्वदेशमै व्यवसाय गर्ने उहाँले सोच बनाउनुभएको छ । अपी गाईभैँसीपालन फार्म स्थापना गरेर व्यवसायमा लागेका जोशी उत्पादित दूध झलारीमै खपत हुने गरेको बताउनुहुन्छ । दैनिक ७० लिटर दूध बिक्री हुन्छ ।

दुई वर्षदेखि गाईपालन व्यवसायमा लाग्नुभएका जोशीले सुरुवाती दिनमा गाउँमै उपभोक्ताको घरघरमा पुर्‍याउनुभयो । उहाँले आठ कट्ठा खेतमा घाँसखेती गर्नुभएको छ । "मिहेनत गरे विदेशमा गएर पसिना बगाउनु पर्दैन", जोशीले भन्नुभयो - "कृषिमा युवा आकर्षण बढाउन सरकारले प्याकेज ल्याउनुपर्छ ।"

More News