विद्यालयमा अक्षय कोष स्थापना

18 July 2016 Source: RSS News

समाजसेवी डा भद्रबीर अधिकारीले विपन्न तथा जेहन्दार छात्रछात्रालाई पुरस्कृत गर्नेगरी रु पाँच लाखको अक्षय कोष स्थापना गर्नुभएको छ ।

पकनाजोलस्थित नेपाल युवक माविबाट प्रवेशिका परीक्षामा सर्वोत्कृष्ठ स्थान हासिल गर्ने एक छात्र र एक छात्रालाई कोषको वार्षिक व्याजबाट पुरस्कृत गर्नेगरी कोष स्थापना गरिएको हो ।

आज यहाँँ आयोजित कार्यक्रममा समाजसेवी अधिकारीले २०७२ सालको प्रवेशिका परीक्षामा सर्वोत्कृष्ठ स्थान ल्याउन सफल विकास श्रेष्ठ र रोजी कालीकोटीलाई जनही रु नौ हजार नगद र प्रशंसापत्र वितरण गर्नुभयो ।

सो अवसरमा सांसद रामबीर मानन्धरले यसखालका छात्रवृत्तिबाट विद्यार्थीमा थप अध्ययन गर्न प्रेरणा मिल्ने बताउनुभयो।

विद्यालयकी प्रधानाध्यापक सरिता क्षेत्रीले विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिएको र विद्यालयले प्रवेशिका परीक्षामा वर्षेनी राम्रो नतिजा ल्याएको जानकारी गराउनुभयो ।

More News