Examination Schedule of 3/4 Years BBS & 4 Years B.Sc. First Year - 2073

26 July 2016 EducationSansar Exam Routines

त्रिभुवन विश्वोविद्यालय, परिक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा बार्षिक परीक्षा प्रणाली अनुरुप २०७३ सालमा संचालन हुने ३ बर्षे र ४ बर्षे व्यवस्थापन र विज्ञान तर्फका स्नातक तह प्रथम बर्षको परीक्षा निम्न कार्यक्रम अनुसार संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

परीक्षा समय: बिहान ७:०० बजे देखि १०:०० बजेसम्म

4 Years / 3 Years Mgmt. Date 4 Years Science
3 Years
Mgt. Cost and Management Accounting - 212
2073/5/12 Chemistry - 101
4 Years
Mgt. 201 Business English
2073/5/13  
3 Years
Mgt. C. English - 201
2073/5/14 Geology - 101
4 Years
Mgt. 202 Business Statistics
2073/5/15  
3 Years
Mgt. Business Statistics - 202
2073/5/16 Environment Science / Meterology - 101
4 Years
Mgt. 203 Business Economics
2073/5/17  
3 Years
Mgt. Business Economics - 203
2073/5/20 Physics - 101
4 Years
Mgt. 211 Accounting of Financial Analysis and Planning
2073/5/22  
3 Years
Mgt. Principle of Management - 213
2073/5/24 Mathematics / Botany - 101
4 Years
Mgt. 213 Principle of Management
2073/5/26  
  2073/5/28 Statistics / Zoology - 101
  2073/5/31 Scientific Communication - 101
  2073/6/02 Mathematics - 102 / Microbiology - 101

विषेश सूचना:

यसै कार्यक्रम अनुसार परीक्षा दिनु पर्ने ३/४ बर्षे स्नातक तह प्रथम वर्षका केही बिद्यार्थीहरुको परीक्षा आवेदन फारम भर्न छुटेको छ भन्ने बुझिन आएकोले त्यस्ता बिद्यार्थीहरुले आवश्यक प्रक्रिया पुर्‍याई २०७३ साल श्रावण १७ र १८ गते कार्यालय समय भित्र परीक्षा आवेदन फारम भरि प्राईभेटले सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा बुझाउनु हुन र क्याम्पसका बिद्यार्थीले आ-आफ्नो क्याम्पसमा बुझाई सक्नु हुन यो सूचना गरीएको छ । क्याम्पसका हकमा उक्त २ दिनको म्याद सकिएको भोलिपल्ट नै दोब्बर दस्तुर सहित उक्त फारम सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा बुझाई सक्नु पर्ने छ ।

द्रष्टव्य:

  1. उपरोक्त परीक्षा कार्यक्रम अनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीहरुका निमित्त पुनः अर्को व्यवस्था गरिने छैन ।
  2. कुनै अप्रत्याशित बिदा पर्न आएमा पनि त्रि. वि. को पूर्व सूचना बिना परीक्षा स्थगित गरिने छैन ।
  3. परीक्षा दिनुपर्ने कुनै विषय वा पत्र परीक्षा कार्यक्रममा छुट्न वा जुध्न गएमा गोरखापत्रमा प्रकाशित भएको मितिले ७ दिनभित्र यस कार्यालयमा सोको जानकारी दिनुपर्नेछ ।
  4. प्रयोगात्मक परीक्षाका लागि आ-आफ्नो क्याम्पसमा सम्पर्क राख्नुपर्नेछ ।
  5. परीक्षाका लागि चाहिने लग टेबुल, गोश्वारा भौचर, ग्राफ पेपर, चार्ट आदि सामग्रीहरु परीक्षार्थी आफैले ल्याई केन्द्राध्यक्षको पूर्व स्वीकृति लिई प्रयोग गर्नुपर्नेछ ।
  6. सैद्धान्तिक परीक्षा सकिएको १ महिनाभित्र सम्बन्धित क्याम्पसले प्रयोगात्मक परीक्षा सम्पन्न गरी प्राप्ताङ्क, उ. पु. तथा हाजिरी अनिवार्यरुपमा यस कार्यालयमा बुझाई सक्नुपर्नेछ ।
  7. परीक्षा भवनभित्र मोबाइल फोन, ट्याब र डिजीटल डायरी जस्ता निषेधित सामग्रीहरु साथमा लिएर प्रवेश गर्न पाइने छैन । अन्यथा त्यस्ता सामग्रीहरु परीक्षा केन्द्रले जफत गर्नसक्नेछ ।
  8. परीक्षा आवेदन फारम भर्ने सूचना अनुसार त्रि. वि. अन्तर्गतका नियमहरु तथा पाठ्यक्रमले तोकेबमोजिमका बिषयहरुमा मात्र परीक्षा आवेदन फारम भरी आफूले परीक्षा दिनुपर्ने कोर्श कुन हो सो यकिन गरेर मात्र परीक्षा दिनुपर्नेछ । यसमा अन्यथा हुन गएमा क्याम्पस वा बिद्यार्थी स्वयम् जिम्मेवार हुनेछन् ।
  9. २०६५ पौष १४ गते बसेको त्रि. वि. सभाको बैठकबाट पारित भए बमोजिम कुनै परीक्षार्थी दृष्टिविहीन, सुस्त मनस्थिति भएका वा हात सम्बन्धी गम्भीर रोगको कारणले गर्दा हातले लेख्न नसक्ने प्रमाणित भै नियम २६७ बमोजिम सहयोगी लेखकद्वारा परीक्षा दिने भएमा आधिकारीक निकायबाट दिईएको अपांगता परिचय पत्र वा चिकित्सकद्वारा प्रमाणितपत्रको आधारमा १०० पूर्णाङ्कको लागि १ घण्टा र सो भन्दा घटी पूर्णाङ्कको लागि आधा घण्टा समयावधि थप गरिनेछ ।

परीक्षा नियन्त्रक

प्रकाशित मिति: २०७३ साल साउन ११ गते मंगलबार

More Exam Routines