सुध्रिदै सरकारी विद्यालय

15 July 2016 Source: Kantipur Articles

प्युठान- खलंगा निम्न माध्यमिक विद्यालयको न आफ्नै भवन थियो, न राम्रो पढाइ हुन्थ्यो। सदरमुकाम क्षत्रका बिपन्न परिवारका बालबालिकाले पढ्ने उक्त विद्यालयप्रति अभिभावक र सरकारी निकायको पनि चासो थिएन। विद्यालय प्रशासन, अभिभावक र विभिन्न संघसस्थांको पहलमा अहिले विद्यालयको शैक्षिक वातावरण सुधार भइरहेको छ।

'आर्थिक अवस्था राम्रो हुनेहरु र कर्मचारीका छोराछोरी बोर्डिङ्गमा पढ़छन्। सरकारी स्कूलमा सुरुमा विद्यार्थी जुटाउनै गारो। जेनतेन घरदैलो गरि ल्याएका विधार्थी पनि टिकाउन गाह्रो।' प्रधानाध्यापक दुर्गाभक्त श्रेष्ठले भने,'विद्यालय र संघसंस्थाले पहल गरेपछि, सुधार आएको छ।'

उनका अनुसार, स्थानीय अमरबहादुर रानाले २६ रोपनी जग्गा नि:शुल्क दान दिएपछि अहिले दुई तलाको पक्कि भवन ठडिएको छ। जिविस, जिशिका, गाविसमा पटक पटक पहल गरेर भवन निर्माण गरिएपछि विद्यालयका धेरै समस्या आफै समाधान भएका प्रधानध्यापक श्रेष्ठले बताए। बिजुवार-खलंगा-कार्कीडाँडा मोटरबाटो छेउमै रहेको साँघुरो घरमा होहल्लाले पढाईमा बाधा पुर्याएको थियो। आफ्नै भवन बनेपछि शान्त वातावरणमा पठनपाठन भइरहेको उनले बताए।'विद्यालय शान्त स्थानमा सरेको छ। विद्यालयको वातावरण राम्रो भएको छ,' उनले भने।

विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक वातावरण राम्रो हुन थालेपछि निजि विद्यालयबाट समेत विद्यार्थी आउन थालेका छन्। विद्यार्थी नभएर झन्डै बन्द हुने स्थितिमा पुगेको विद्यालयमा नयाँ शैक्षिक सत्रमा २ सय ९ विद्यार्थी भर्ना भएका छन्।

'विद्यालयको वातावरण राम्रो हुनासाथ सिकाई आफै राम्रो हुँदो रहेछ,'शिक्षिका बिजय लक्ष्मी श्रेष्ठले भनिन,'पछिल्लो समय विद्यार्थीको स्तरमा सुधार भएको छ।'

विद्यार्थीलाई सहभागी गराई निरन्तर सरसफाई, मल्यांकन, म लेख्न्न सक्छु जस्ता अतिरिक्त क्रियाकलाप निरन्तर गराईरहेको पनि बताइन।

'समाजका अगुवाले नै निजि विद्यालय खोलेका छन्,'विद्यालय व्यवस्थापन समितिका अधक्ष्य निर्मलदास नकर्मीले भने,'गरिब वर्गका बालबालिका पढ्ने विद्यालयमा पहुचवालाको नजर नपुग्दा समस्या भएको हो।'

स्तानिया गैरसरकारी सस्थां कालिका विकास केन्द्रले तिनवर्ष यता विधालयलाई सहयोग गर्दै आएको छ। केन्द्रले छात्रछात्रा शौचालय, बालमैत्री खानेपानि धारा र बसाइ व्यवस्थापनका लागि कार्पेट र शिक्षकशिक्षिकालाई पेसागत सिप विकासका तालिम प्रदान गरेको केन्द्रका अध्यक्ष भगतबहादुर कर्माचार्यले बताए।

More Articles