कक्षा ९-१२ मा दुइधारे शिक्षा

05 July 2016 Source: Nagarik news Articles

नयाशिक्षा एन कार्यन्वयनमा आएपछि सरकारले कक्ष ९ देखी १२ सम्म साधारण र प्राविधिक गरि दुइ धारको शिक्षा व्यवास्था गर्न लागेको छ। आहिलेसम्म कक्षा ११ र १२ मा बिज्ञान, व्यावास्थापन, मानविकी र शिक्षा गरि चार संकायमा पदी हुदै आएको थियो।

शिक्षा मन्त्रालयले प्लसटुमा संचालित संकाय खारेज गरी विद्यालय शिक्षा अन्तर्गतकै पठनपाठन सुरु गर्नेगरि काम थालिसकेको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्ष ११ र १२ मा हालका संकाय हटाई बिषयगत पठनपाठन सुरु गर्ने तयारी गरिरहेको बोर्डको सदस्य सचिव एवं मन्त्रालयका सहसचिव लवदेव अवस्थी ले जानकारी दिए।

उच्च माध्यमिक शिक्षा परिषदले संचालन गर्दै आएको कक्षा ११र १२ को चार संकाय २४ वर्षपछि हटाइएको हो। अब कक्षा ९ देखी १२ सम्म विद्यालयमै पढाइने भएकाले एनले तोकेअनुसार दुइ धार मात्र हुने व्यवस्था गरिने अवस्थीले बताए।

'अब नानीहरुले माध्यमिक तहमा संकायमा जानु पर्दैन, विश्वोविद्यालयमा पहिले संकाय भएकाले प्रमाणपत्र तहमा त्यहि थियो,'उनले भने,'पछि उच्च माध्यमिक शिक्षा परिषदले पनि त्यहि अवधारणा बनायो, अब कक्षा ९-१२ लाई एनले नै विद्यालय तहमा ल्याईसकेकाले संकाय रहँदैन।'

अब बिद्यार्थीले कक्षा ९ देखी नै प्राविधिक र साधारण गरि कक्षा १२ सम्म दुइ धारमा पढ्न पाउने व्यवस्था गर्न लागेको उनले जानकारी दिए। ' साधारण धार तर्फ पनि विधार्थीले आ-आफ्नो रुचिको बिषय कक्षागत रुपमै छनोट गरि अध्ययन गर्नेछन्,'उनले भने ,'नानीहरु बिज्ञान,व्यवस्थापन, मनाविकिलागायत संकाय छनोट गर्नुपर्ने झन्झटबाट मुक्त हुनेछन्।'

उनका अनुसार कक्षा ९-१२ सम्मको पाठयक्रमसमेत समायोजना गरि नयाँ तारिकाबाट अघि बढाइनेछ। 'कुनै विधार्थीले भौतिक बिज्ञान र गणित पद्छन् भने उसले मेजर बिषय गणित लिएर पद्छ,'अवस्थीले भने,'कुनै नानीको रुचिको बिषय म्युजिक छ भने उसले फिजिक्स,केमेस्ट्री म्याथ र म्युसिक लिएर पढन सक्छ। दुइ अनिवार्य बिषय हुन्छन। कसैको रुची बिषय म्युसिक भए पनि पछि उसले ईन्जिनियरिङ्तिर जान सक्छ।' अब बिद्यार्थीले विश्वोबिध्यलायामा जानकोलागी बहुआयामिक बाटो रोज्नसक्ने उनले बताए।

संकयागत झन्झटलाई कम गरि विद्यार्थीको बिषयगत पढ्ने अवसर व्यवस्थापन गर्ने तयारी रहेको उनले जानकारी दिए। उनका अनुसार कक्षा १० मा भएको ८ बिषयलाई समेत घटाएर ५ मा झार्नेगरी मन्त्रालयले काम गरिरहेको छ। हाल कक्षा ११ र १२ मा ५-५ सय गरि कुल हजार पूर्णकको पठनपाठन हुन्छ। जसमध्य अंग्रेजी र नेपाली अनिवार्य हुन्छ, अन्य संकायगत बिषय रहन्छन्। उच्च माध्यमिक शिक्षा परीषदका पूर्व उपाध्यक्ष चैतन्य शर्माले तत्कालिन परिषदले पनि कक्ष ११ र १२ लाई सिंग्ल ट्रयाक प्रणालीबाट चलाउन खोजे पनि सफल हुन नसकेको जिकिर गरे। विश्वोविद्यालयको प्रारम्भिक खुड्किलो नै अब माध्यमिक शिक्षा भएकोले कक्षा ९ देखी नै साधारण शिक्षालाई बिषयगत बनाउनुपर्ने उनको सुझाव छ। हाल कक्षा ११ र १२ मा कुल १ सय ६९ बिषय छन्। बिधार्थीले संकाय अनुसारको बिषय छनोट गरि अध्ययन गर्ने गरेका छन्।

शिक्षाविद एवं पाठयक्रम बिषय समिति (कक्षा ११ र १२) अधक्ष बासुदेव काफ्लेले विद्यालय तहको ९-१२ मा बिषयगत समूह बनाएर जानुपर्ने सुझाए। उनले भारतको सेन्ट्रल बोर्ड ओफ सेकेन्न्डरी एजुकेशन (सिबिएसइ) ले पनि कक्षा १० र ११ दुबैको परिक्षा संचालन तथा व्यवस्थापन गर्ने गरेको उदाहरण दिदै त्यहाँ पनि सिंग्ल ट्रयाक अर्थात् बिषयगत समुहबाटै पठनपाठन संचालन हुने गरेको जनाए। 'बिद्यार्थीले बिश्वोविद्यालयको आधारभूत बिषय कक्षा ९ देखी सिक्छन् र स्नातकमा मात्र बिशिस्टिकरण हुन्छ। जुन अन्तरास्ट्रियस्तरमै कायम छ।' शिक्षाविद बिष्णु कार्कीका अनुसार संशोधित शिक्षा एनले कक्षा १२ लाई मावि बनाइसकेकाले सरकारले पहिले शिक्षक व्यवस्थापन गर्नु पर्छ।पूर्वाधार नभएको र बिषयगत शिक्षक नभएको अवस्थामा कुनै पनि व्यवस्थाले शिक्षामा सकारात्मक भूमिका खेल्न नसक्ने उनको बुझाई छ।'संविधानको मर्मअनुसार सरकारले सबै नानीहरुको मावि तह सम्म पहुज पुर्याउने लक्ष्यसहित कक्षा १२ सम्मलाई विद्यालय शिक्षा बनायो,'शिक्षाविद कार्की भन्छन ,'प्लसटुमा कायम रहेको संकायले शिक्षा क्षत्रमा ठुलो खाडल बनाएको थियो।

कसैले राम्रो नमान्ने गलत मनसिकताकै कारण प्लस टु शिक्षामा विकृति देखिएको थियो।' चारओटै संकाय खारेजि गरि एकृकित पाठयक्रम बनाएर अघि बढदा उपलब्धिमूलक हुने उनको बुझाई छ।

More Articles