- नमस्कार नियन्त्रक ज्यू , यस वर्षो चैत्र ४ गतेदेखि सन्चालन हुने SLC परिक्षामा संमिलित
हुने विधार्थीहरुको संख्यागत आधार कस्तो छ?

नमस्कार यस वर्ष २०६४ सालको परिक्षामा ४ लाख विधार्थीहरु सहभागी हुदैछ। अझ यसको
वास्तिविक डाटा आवेदक इन्ट्री गर्न २ , ४ वटा जिल्लाको बाकी भएकाले सही डाटा
चाही यसको छैन तर चार किसिमको आधारमा ४,०९,१३१ विधार्थीहरु सहभागी हुने अनुमान
गरेका छौ।
- राजिष्टेसनको आधारमा
- २०६३ सालको SLC परिक्षामा फेल भएर बसेको बिधार्थीको आधारम
- यो वर्ष Private Exam दिन अवेदन दिएको आधारमा
- गत वर्ष र त्यो भन्दा अगाडिको Examted विधार्थीको संख्याको आधारमा ४,०९,१३१
जना विधार्थी संमिलित हुने हाम्रो प्राराम्भीक अनुमान हो । यस वर्ष केन्द्र
संख्या १२९९ कायम भएको छ जबकी गत वर्षको ११८६ मा ११३ केन्द्र थप हो।
- सर, अनि विधार्थीहरुको लागि फलामे ढोका भनेर मानिएको SLC परिक्षाको
लागि परिक्षा नियन्त्रन कार्यालयलको तयारी कस्तो छ ?
निस्चय पनि विधार्थीहरुले
SLC परिक्षालाई गाह्रो र फलामे ढोका रुपमा लिने गरेका छन् र अभिभावकको सोचाई पनि
यस्तै छ तर परिक्षा भनेको विधार्थीहरुको लागि नौलो कुरा हैन, उनीहरुले आफ्नो
विधालयमा पनि ३,४ महिनाको अन्तरमा परिक्षा दिई रहने भएकाले त्यति सारो
परिक्षालाई गाह्रो रुपमा लिनु नर्पने हो र यसलाई सजिलो रूपले लिनु पर्ने हुन्छ
र यसको तयारीको लागि परिक्षा नियन्त्रन कार्यालयले ७५ जिल्लामा परिक्षा सामाग्री
पुर्याउने काम सम्पन्न भई सकेको छ। आन्तरिक निर्देशन कार्यालयले निर्देशन दिने
काम पनि भईसकेको छ र जिल्लाहरुले केन्द्र सन्चालनको लागि सहायक केन्द्र अध्यक्ष
,सहायक निरिक्षक तोकेर ती केन्द्रहरुमा जिल्लामा पुगेका परिक्षा सामाग्री
पुर्याउने काम भई सकेको छ ।
- सर अनि यस वर्षधेरै नै गुनासोहरु सुनिरहेको छ , भनौ न समयमा
पाठ्यक्रम अनुसारको पुस्तकहरु पुगिरहेको छैन र परिक्षामा परिक्षार्थीहरुले
राम्रोसंग तयारी गर्न नपाएको र लोडसेडिंगको कारणले पनि यसमा असर पुगिरहेको
गुनासो छ, यसमा चाही हाम्रो यसपालिको परिक्षामा परिक्षार्थीहरुलाई सहज बनाउनको
लागि केही नया सोच बनाउनु भएको छ ?
निश्चय पनि लोडसेडिंगले सबै विधार्थी लगायत कार्यालयहरुको
काम कारवाहीमा पनि अफ्ठ्यारो परिरहेको छ। त्यो सबैले महसुस गरेको कुरा हो, अब
जहा सम्म यो विजूलीको सुविधा हुने ठा“उमा मात्रै यो कुरा लागु हुन्छ। अन्य
ठा“उमा धेरै जसो विजूलीको सुविधा नपुगेको ठाउहरु पनि छ त्यहा“ चाही नियमित
उनिहरुको जुनरुपमा पठन पाठन गर्नु पर्ने त्यो भईरहेको नै छ, त्यस अर्थमा जहा“
सम्म अब यो विभिन्न प्रकारको वन्द हड्तालले प्रत्यक्षरुपमा विधार्थीहरुलाई पठन
पाठनमा र विधालय संचालनमा वाधा परेको छ , जुनकी गत वर्षभन्दा यो वर्षअत्याधिक
बन्द र हड्तालको सामना हामीले गर्नु पर्यो। विधार्थीहरुलाई आफ्नो तोकिएको
पाठ्क्रम जुन पाठ्याभार हो पुरा गर्न निश्चय पनि कठिन भएको छ र पनि हाम्रो
न्युनतम SLC को माप दण्डलाई पुरा गर्ने गरी हामीले परिक्षाको तयारी र पश्नहरु
निकाल्नु पर्ने हुन्छ र त्यो निकाल्ने क्रममा त्यसरी नै विचार गरेको छ र त्यही
अनुसारको तयारी पनि भएको छ। अब हामीले बन्द भयो भन्दैमा त्यो सबै छोड्न मिल्दैन
र परिक्षाको मर्यादा राख्नु पर्ने हुन्छ र त्यसको क्षेत्र समेट्नु पर्ने हुन्छ
र न्यूनतम क्षेत्र यस वर्षपनि कबर गर्ने प्रयास भएको छ। विधार्थीहरुलाई जहा“
सम्म परिक्षामा स्पष्ट र स्वतन्त्र रुपमा कुनै भयरहित परिक्षा दिने वातावरण
सिर्जना भईरहेको छ र परिक्षा सन्चालन अवधिमा सबै किसिमको बन्द हड्ताल तथा हिंसा
हत्या सबै दलहरुले बन्द गरेर त्यसमा सहयोग पुर्याई रहेका छन् र पछि पनि रहने
छन् भन्ने हामीले आशा गरेका छौ र विधार्थीहरुले गत वर्षझै परिक्षा दिन आउन सहजता
प्राप्त हुने हामीले आशा गरेका छौ।
- यस वर्ष SLC परिक्षामा नया नौलो कुरा के हुन सक्छ विधार्थीहरुको लागि ?
यस वर्षखासै नया छैन किन की कक्षा १० को पाठ्यक्रमबाट गत
वर्षेखि नै SLC को परिक्षा हुने प्रक्रिया सुरु भएको र यो दोस्रो ब्याज हो र अरु
खास नया यस पटक केही पनि छैन, त्यही गत वर्षै पाठ्यभार र त्यही ढाचा अनुसार
परिक्षा संचालन हुने हो र अरु खासै उल्लेखनीय नयापन चाही केही छैन।
- गत साल हामीले विभिन्न प्रिन्टमिडिया , Web बाट धेरै सजिलो रुपमा परिक्षाको परिक्षाफल प्रकाशनमा लगियो र विभिन्न किसिमको बाधा तथा गुनासोहरु आएको थियो त्यसको लागि यसपटक कुनै सल्लाह सुझाब तथा परिक्षाको परिक्षाफल प्रकाशनको सोरुप कस्तो छ ?
हामी चाहन्छौ , यस वर्षगत वर्षभन्दा बढी विधार्थीहरुले छिटो र छरितो तरिकाले
आफ्नो नतिजा प्राप्त गरुन भनेर नया -नया उपायहरुको खोजी गर्ने छौ र बढी भन्दा
बढी सुचना तथा संचारका जति पनि सुविधाहरु छन् ,त्यो पुर्याउने प्रयास हामीले
गरेका छौ।
- गत वर्ष Educationsansar.com ले विधार्थीको परिक्षाफल सहित प्रकाशन गरेको थियो
यसबारे हजुरको कस्तो धारणा छ र कस्तो प्रतिक्रिया पाउनु भयो ?
निश्चय पनि Educationsansar.com लाई हामीले धन्यवाद दिनै पर्छ र यो सुचना तथा
संचारको प्रविधिमा एक फट्को परिक्षा नियन्त्रन कार्यालयलाई अगाडि लैजानलाई जुन
किसिमको सहयोग Educationsansar.comले गर्यो त्यो उल्लेखनिय छ र भविष्यमा यस
किसिमको योगदान Educationsansar.com जस्ता संचार माध्यमहरुले सेवा सुविधा पुर्याउन
अग्रसरता र सहयोग गर्ने छन् भन्ने हामीले आशा गरेका छौ।
-
गत वर्ष जुन नतिजा हामीले प्रकाशन गर्यो त्यसबाट तपार्इंलाई विधार्थी तथा अबिभावक
र सहयोगीहरुबाट कस्तो किसिमको प्रतिक्रिया आयो ?
यो बहुत राम्रो काम हो । अनि धेरै अबिभावक र विधार्थीहरुले प्रसंसा गरेका छन्।
जुन कुरा हामीले चाहेर पनि गर्न सकेका थिएनौ र गत वर्षेखि थालनी गर्यौ जसको
फलस्वरुप उच्च माध्यामिक शिक्षा र त्रि.वि. लगायत अन्य संस्थाहरुले पनि त्यस्तो
मोडलमा प्रकाशन गर्ने प्रयास गरेका छन् र भविष्यमा थप नया-नया सुविधाहरु दिने
काम हुनेछ भन्ने हामीले आशा गरेका छौ।
- यस वर्ष नियमित परिक्षामा पनि परिक्षाफल त्यसरी नै प्रकाशन हुनेमा हामी ढुक्क
छौ र विभिन्न जिल्लाबाट तथा विधार्थीहरुका विभिन्न माध्यमबाट Feedback आएका छन् र
अझ भनु विभिन्न विधालयको शिक्षकहरुले लेजर सहित Result कै दिन पाउनु पर्छ भन्ने माग
र Comment पनि गरेका छन् यस प्रति हजुरको धारणा ?
हामी चाहन्छौ अधिक्तम सुविधाहरु र सेवाहरु हामीले दिन सकौ र सफल
भएसम्म विधालयको र जिल्लाको कोड समावेस गरेपछि विधालयको परिक्षामा सम्मिलित
विधार्थीहरुको प्राप्ताङ्क लेजर सहित Display होस र त्यो सम्भव छ भने विभिन्न
Website र संचार माध्यमबाट गर्ने प्रयासमा छौ ।
-
हामी
SLC
परिक्षाको
तयारीमा छौ र
Educationsansar.comको
तर्फबाट SLC
बोर्ड र सबै विधार्थीवर्ग लाई
शुभ कामना दिन चाहान्छौ र हाम्रो Website Visit
गर्ने विधार्थीहरु तथा अविभावकहरुलाई
हजुरको तर्फाट व्यक्तिगत विचार
?
सबै हाम्रा विधार्थी तथा सबै
सरोकार वालाहरुलाई परिक्षा नियन्त्रण कार्यालयको तर्फाट के भन्न चाहान्छौ
भने SLC परिक्षा मर्यादित रुपमा सन्चालन होस् र स्वतन्त्र तथा भयरहित वातावरणमा
परिक्षा सम्पन्न होस् र सफलता प्राप्त गर्न सकोस् र हामीले दिने सुविधा बढी
भन्दा बढी अभिवाभक तथा विधार्थीहरु बिच पुगोस् भनि शुभकामना दिन चाहान्छौ
।